चिनियाँ प्रधानमन्त्रीको भ्रमणः द्विपक्षीय दौत्य सम्बन्धमा कोशेढुङ्गा’
काठमाडौ, पुस ३० - सरकारले चिनियाँ प्रधानमन्त्री वेन जिआवाओको औपचारिक सद्भावना भ्रमण नेपाल–चीन सम्बन्ध सुदृढीकरणमा कोशेढुङ्गा साबित भएको दाबी गरेको छ ।
चिनियाँ प्रधानमन्त्रीको भ्रमणपछि विमानस्थलमा आयोजित पत्रकारसम्मेलनमा उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले दुई मुलुकका प्रधानमन्त्रीको नेतृत्वमा भएको द्विपक्षीय वार्ता तथा आर्थिक सहयोग प्रवद्र्धनलगायत आपसी हितका विषयमा भएका सहमतिले यो सम्बन्धलाई नयाँ उचाइ प्रदान गरेको उल्लेख गरे ।
क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय चासोको साझा विषयमा सहकार्य गर्ने प्रतिबद्धता चिनियाँ प्रधानमन्त्रीले व्यक्त गरेको उल्लेख गर्दै श्रेष्ठले शान्ति र संविधानका निम्ति राजनीतिक दलहरूसँग सहकार्य गर्दै अघि बढ्ने प्रधानमन्त्री डा बाबुराम भट्टराईको प्रयासको चिनियाँ विशिष्ठ अतिथिले सराहना गरेको जानकारी दिए ।
‘शान्ति प्रक्रिया शीघ्र टुङ्गिएर संविधान जारी भई आर्थिक विकासको पथमा नेपाल अघि बढोस् जसलाई थप गति दिन चीन तयार रहनेछ’– चिनियाँ प्रधानमन्त्रीलाई उद्धृत गर्दै उपप्रधानमन्त्री श्रेष्ठले भने।
शान्ति र संविधानलाई प्रमुख कार्यसूची बनाएर कार्य गरिरहेको जानकारी प्रधानमन्त्री भट्टराईले आफ्ना चिनियाँ समकक्षीलाई गराएको उनले उल्लेख गरे ।
त्यसैगरी प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग भएको सामूहिक भेटवार्तामा एक चीन नीतिप्रति नेपाली नेताले आफ्ना अडान दोहोर्याउनुभएको थियो भने चिनियाँ प्रधानमन्त्रीको भ्रमणबाट नेपाल–चीनबीचमा मैत्री सम्बन्धमा नयाँ आयाम थपिएको बताएका थिए ।
नेपालका शीर्ष नेताहरूले साझा सहमतिका आधारमा शान्ति र संविधानका लागि कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै त्यस निम्ति चीनलगायत अन्तर्राष्ट्रिय समुदायको सहयोग एवम् समर्थन अपरिहार्य हुने धारणा व्यक्त गरेको उपप्रधान एवम् परराष्ट्रमन्त्रीले जानकारी दिए ।
चिनियाँ प्रधानमन्त्रीको सुरक्षार्थ उच्च सतर्कता
चिनियाँ प्रधानमन्त्री वेन जियाबाओको शनिबार भएको नेपाल भ्रमणका अवसरमा शङ्कास्पद गतिविधिमा संलग्न भएको आशङ्कामा पक्राउ गरिएका तिब्वती शरणार्थी र अन्य केहीलाई प्रहरीले साँझ रिहा गरेको छ ।
महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक रविराज श्रेष्ठका अनुसार त्यस्तो गतिविधिमा संलग्न ३३९ जनालाई नियन्त्रणमा लिइएको थियो । उनीहरुलाई साँझ आफन्तको जिम्मा लगाई छाडिएको प्रहरीले जानकारी दिएको छ ।
प्रधानमन्त्री जियाबाओको भ्रमणका क्रममा कुनै अप्रिय घटना हुन नदिन तथा शान्ति सुरक्षालाई व्यवस्थित गर्न राजधानीका विभिन्न स्थानमा नेपाल प्रहरीका तीन हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
त्यसैगरी सशस्त्र प्रहरी वलले ४४८ जना सुरक्षाकर्मीलाई प्रधानमन्त्री जियाबाओको भ्रमण मार्ग वरपर तैनाथ गरिएको बलका प्रवक्ता शैलेन्द्र खनालले जानकारी दिए ।
विगतमा जस्तै विदेशी सरकार प्रमुख एवम् राष्ट्रप्रमुखको भ्रमणका अवसरमा नेपाली सेनालाई सरकारले जुन जिम्मेवारी दिँदै आएको थियो, त्यो जिम्मेवारी प्रधानमन्त्री जियाबाओको भ्रमणका क्रममा पनि जारी राखेको नेपाली सेनाका प्रवक्ता एवम् सहायकरथी रमिन्द्र क्षेत्रीले जानकारी दिनुभयो ।
प्रधानमन्त्री जियाबाओको सुरक्षार्थ पूर्ण कारगेडसहितको सुरक्षाकर्मी परिचालन गरिएको थियो । राजधानीको सडक विस्तार गर्ने क्रममा सडकका दायाँवायाँको संरचना भत्काइएको कारण सुरक्षाकर्मीलाई सुरक्षा व्यवस्थित तुल्याउन थप चुनौती खडा गरेको थियो ।
आकस्मिकरुपमा भ्रमण तय भएकाले सडकमा राखिएका डिभाइडर र खाल्डाखुल्डी पुर्न पनि सुरक्षाकर्मीलाई भ्याइनभ्याइ भएको थियो ।
प्रधानमन्त्री जियाबाओ चढेको बा१झ ५४५६ नम्बरको सवारी साधनको अगाडिपछाडि १६ वटा ट्राफिकका मोटरसाइकल परिचालन गरिएको थियो भने अन्य सुरक्षाकर्मीलगायतका २३ वटा गाडीको व्यवस्था गरिएको थियो ।
स्रोत :कान्तिपुर