दुबईमा तिज बिशेष सांस्कृतिक कार्यक्रम भब्यताका साथ सम्पन्न हुने
भुपराज बस्याल, दुबई,साउन २६-आगामी ०२ सेप्टेम्बर २०११ का दिन बरदुबई स्थित इम्पेरियल स्वीट होटलमा नेपाली कल्याणकारी समिती,यूएई र नेपाली जनप्रगतिशिल मञ्च यूएईको संयुक्त आयोजनामा तिज बिशेष सांस्कृतिक कार्यक्रम २०६८ भव्यताका साथ सम्पन्न हुने भएको छ । उक्र कार्यक्रम यूएईको इतिहासमा पहिलो पटक सम्पन्नगर्न लागिएको कार्यक्रम आयोजकले जानकारी गराएकाछन् ।
नेपाली महिलाहरुको ऐतिहासिक चाड तिजको अवसरमा प्रवासी नेपाली दिदी बहिनीहरुको संझनामा बिगतका बर्षहरुमा जस्तै यस पटक पनि स्थानिय चिर परिचित कलाकारहरुको प्रस्तुती सहित सामुहिकरुपमा छुट्टै प्रचलित तिजको भाकामा दिदी बहिनीहरुका दु:ख पिडा खुसि र आशाहरुलाई मनोरञ्जनात्मक कमिडी का साथमा हास्य व्यङ्गय कार्यक्रम प्रस्तुत हने भएको छ ।
उक्त कार्यक्रममा यूएईमा रहेका बिभिन्न ओहदामा कार्यरत् नेपाली दिदी–बहिनी तथा दाजु–भाईहरुको भव्यरुपमा उपस्थितीहुने भएको जानकारी गराईएकोछ । कार्यक्रममा यएईमा रहेका नेपाली दिदी–बहिनीहरुको उपस्थितीहुनका साथै उनिहरुका कला प्रस्ततीले भब्य रुपमा मनोरञ्जन दिलाउने आयोजकले जनाएकोछ । बिगतका बर्षहरुमा भिन्न भिन्न किसिमबाट गरिने तिज कार्यक्रम यसपालि भने संयुक्त रुपमा आयोजना गरिनेभएपछि कलाकार र दर्शकहरु तथा अतिथिहरुलाई कार्यक्रममा उपस्थितभई अवलोकनगर्न र मनोरञ्जनलिन सहज हुनेभएकोछ ।
तिज महोत्सव कार्यक्रम नेपाली चेलिहरुकालागि बिशेष महत्वको कार्यक्रम भएकोले महिला दिदी बहिनहिरुले निकै हषोल्लासका साथ बिभिन्न किसिमका परिकारकार र राम्रा राम्रा कपडा, गरगहना लगााई नाचगान गरेर मनाउने गर्दछन । तिजको अघिल्लो दिन मिठा मिठा भोजनगरी तिजको दिन निरहार उपवास बसी आफ्नो श्रीमानको सुस्वास्थ दिर्घायु तथा परिवारको शुख सान्तिकालागि योवर्त बस्ने परम्परा परा पुर्वकालदेखि चलिआएकोछ ।