|

सिसिटिभी क्यामेरा जडानपछि मोटरसाईकल चालक अनुमति पत्रको काम अवरुद्ध

बुटवल, माघ १४-यातायात व्यवस्था विभागले लुम्बिनी अञ्चल यातायात व्यबस्था कार्यालयमा सिसिटिभी क्यामेरा जडान गरेपछि भौतिक पूर्वाधारको अभावमा विगत ३ महिनादेखि मोटरसाईकल चालक अनुमति पत्रको काम अवरुद्ध भएको छ ।

यसअघि मोटरसाईकल चालक अनुमति पत्र वितरणमा पारदर्शी नभएको जनगुनासो बढेपछि विभागले सिसिटिभीको निगरानीमा मात्र चालक अनुमति पत्र प्रदान गर्नुपर्ने निर्देशन जारी गर्दै सिसिटिभी जडान गरेको थियो । लुम्बिनी अञ्चल यातायात व्यवस्था कार्यालयमा २ वटा सिसिटिभी क्यामेरा जडान भएका छन् । तर मोटरसाईकल चालक अनुमती पत्रको प्रयोगात्मक परिक्षा लिन जग्गा अभावले गत कात्तिकदेखि हाल सम्म कार्यालयले मोटरसाईकल चालक परिक्षा गराउन सकेको छैन ।

डिभिजन सडक कार्यालय बुटवलको मातहतमा रहेको जग्गामा यातायात व्यवस्था कार्यालय रहेको र उसैको स्वामित्वमा रहेको जग्गा प्रकृयागत रुपमा यातायात व्यबस्था कार्यालयको नाममा हस्तान्तरण गर्न केही समय लागेकाले मोटरसाईकल चालक अनुमति पत्रको परिक्षा स्थान अभावका कारण गर्न नसकिएको कार्यालय प्रमुख आनन्दकेशरी पोखरेलले बताउनुभयो । कार्यालयले यसअघि प्रतिमहिना करिव ३ हजारलाई मोटर साईकल चालक अनुमति पत्र प्रदान गर्दै आएको थियो ।

Posted by Butwalonline on 10:49 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सिसिटिभी क्यामेरा जडानपछि मोटरसाईकल चालक अनुमति पत्रको काम अवरुद्ध"

Leave a reply