लगातारको चिसोसंगै परेको तुसारोले फलफुल एवं तरकारी खेतीमा क्षति
बुटवल, माघ १४-लगातारको चिसोसंगै परेको तुसारोले यस क्षेत्रको फलफुल एवं तरकारी खेतीमा क्षति पुगेपछि किसानहरु चिन्तित बनेका छन् । तरकारीको पकेट क्षेत्रको रुपमा चिनिने रुपन्देहीको देवदह, सरनटांडी लगाएतका क्षेत्रका किसानहरुले लगाएको सयौ रोपनी जग्गाको तरकारी खेतीमा तुसारोले क्षति पुर्याकएको छ ।
तुसारोले तरकारीका बोट पुरै मर्न थालेका छन् भने फल कुहिने गरेको छ । तुसारोले आलु, काउली, बन्दाका साथै टनेलभित्रको गोलभेडा खेतीमा पनि क्षति पुर्याेएको किसानहरुले बताएका छन् । जिल्ला कृषि विकास कार्यालयलाई पटक–पटक जानकारी गराउंदा पनि क्षतिका बारे बुझ्न कृषिको टोली गाउा नगएको किसानहरुले गुनासो गरेका छन् । अत्यधिक चिसो संगै विहानको समयमा लाग्ने तुसारोको कारण तरकारीका बोट पुरै कुहिने गरेको बताइएको छ ।