सिर्जनशील साहित्यिक समाजले स्रष्टा सम्मान तथा कबि गोष्ठी गर्ने
बुटवल, माघ १४-सिर्जनशील साहित्यिक समाज (सिसास) भैरहवा रुपन्देहीले स्रष्टा सम्मान तथा कबि गोष्ठी गर्ने भएको छ । ७२ औं सहिद दिबस तथा संस्थाको नवौ बार्षिक उत्सबको अबसरमा माघ १६ गते भैरहवामा एक बृहत कार्यक्रमको आयोजना गरि कार्यक्रम गरिने सिसासले जनाएको छ ।
सो अबसरमा संस्थाले बार्षिक रुपमा प्रदान गर्ने ४ वटा साहित्यिक पुरस्कार प्रदान गर्ने र अञ्चल स्तरिय कवि गोष्ठी गरिने संस्थाका अध्यक्ष नारायण प्रसाद भण्डारीले बताउनुभयो । कार्यक्रमका अबसरमा ८ हजार ८ सय ४८ नगद राशि,दोसल्ला र प्रमाणपत्र सहितको सिर्जनशील एभरेष्ट साहित्यिक पुरस्कार कपिलबस्तुका साहित्यकार हरिराज शर्मालाई, ७ हजार १ नगद राशि,दोसल्ला र प्रमाणपत्र सहितको सिर्जनशील गंगा साहित्यिक पुरस्कार भैरहवाकी नारी स्रष्टा रामेश्वरी पन्तलाई,त्यस्तै गरि २ हजार १ सय ५१ नगद राशि,दोसल्ला र प्रमाणपत्र सहितको छबिलाल सिर्जनशील साहित्यिक पुरस्कार माधब प्रसाद पन्थी र दोसल्ला र प्रमाणपत्र सहितको सिर्जनशील स्रस्टा सम्मान सुरज घिमिरे दिपशिखालाई प्रदान गरिने संस्थाले जनाएको छ । कार्यक्रममा रुपन्देही,कपिलबस्तु,नवलपरासी, चितबन, गुल्मी, अर्घाखांची, स्याङ्जा लगायतका जिल्लाबाट साहित्यकारको जमघट हुने छ ।