|

बुटवलमा फोटो प्रर्दशनीको अयोजना

बुटवल ४ पुस । नेपाल सरकार तथा विभिन्न दार्त निकायको सहयोगमा देशैभरी  पांच हजार झोलुङगे पुल निमार्ण पुरा भएको सन्द्रभमा बुटवलमा फोटो प्रर्दशनीको अयोजना गरिएको छ ।देशैभरीका विभिन्न पांच शहरमा अयोजना गरिएको फोटो प्रर्दशनी अन्तरगत बुटवलमा बिहिबार र शुक्रबार अयोजना गरिएको हो ।

जिल्ला विकास समिति रुपन्देहीको अयोजनामा बुटवलमा हुने पश्चिमाञ्चल स्तरिय दुई दिने फोटो प्रर्दशनीको बिहिबार बिहान एक समारोहकाविच स्थानिय पुर्वाधार तथा कृषि सडक विभागका महानिर्देशक भुपेन्द्र बहादुर बस्नेतले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । बुटवलको हाटबजारस्थित वालमन्दिरमा हुने फोटो प्रर्दशनीमा झोलुङगे पुलसंग सम्वन्धीत विभिन्न एक सय फोटोहरु प्रर्दशनीमा राखिएको छ ।

निशुल्करुपमा प्रवेशको व्यवस्था मिलाईएको फोटो प्र्दशनीका  अवसरमा झेलुङगेपुलको महत्वका विषयमा तयार पारिउको बृत्तचित्र पनि प्रर्दशन गरिने कार्यक्रम रहेको जिल्ला विकास समिति रुपन्देहीले जानकारी दिएको छ ।राणकालिन देखि पछिल्लो प्रविधिका समेत गरि पांच हजार पुल निमार्ण भैसकेपनि अझै पनि विभिन्नि क्षेत्रमा झेलुङगे पुलको माग बढिरहेको बताईएको छ ।स्वईस सरकारको सहयोगमा नेपालले सन् १९८९ देखि पुल निमार्णलाई तिव्रता दिएको हो ।

Posted by Butwalonline on 6:52 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " बुटवलमा फोटो प्रर्दशनीको अयोजना"

Leave a reply