|

योजना तर्जुमाका लागि बुनपामा छुट्टाछुट्टै वडाभेला सम्पन्न

बुटवल,पुस ४ - बुटवल नगरपालिकाको आगामी आर्थिक बर्ष २०७०/७१ का लागि योजना तर्जुमाका लागि वडा भेलाहरु शुरु भएको छ ।आज पहिलोदिन बुटवल वडा नं १ देखि ३ सम्मका वडाहरुमा छुट्टाछुट्टै भेलाहरु सम्पन्न भएका छन् ।नगरको समुचित बिकासका लागि वडाहरुमा एकिकृत बिकासका लागि सहजहोस् भनेर वडा भेला गरिएको हो ।

नागरिकका गुनासा र समस्याहरुलाई एकिकृत गरेर आगामीबर्ष गरिने योजना तर्जुमाका लागि बुटवल नगरपालिकाले नगरका १५ वटै वडाहरुमा वडा भेला शुरु गरेको जनाएको छ । वडा सचिब बिमला आचार्यको अध्यक्षतामा बुटवल ३ मा भएको वडा भेलामा बुटवल नगरपालिकाका बरिष्ठ अधिकृत भूवा प्रसाद लुईटेल,महेन्द्र कुमार राज भण्डारी,ईन्जिनीयर गौतम रौनीयार,झबिन्द्र थापा,राजनैतिक दलका प्रतिनीधि राजेन्द्र अग्रहरी तथा स्थानीयहरुले वडालाई बिकासको नमुना बनाउन सबैको सामुहिक प्रतिबद्धता र सहयोग आबश्यक भएको बताएका थिए । त्यस्तै बुटवल वडा १ का सचिब कल्पना श्रेष्ठको अध्यक्षतामा भएको वडा भेलामा बुटवल नगरपालिकाका बरिष्ठ अधिकृत बिष्णु खनालले स्थानियहरुको गुनासा र योजना तर्जुमाका प्रकृयाका बारेमा जानकारी दिनुभएको थियो । बुटवल नगरपालिकाले १२ गतेसम्ममा बटवलका १५ वटै वडामा वडा भेला सम्पन्न गर्ने जनाएको छ ।

Posted by Butwalonline on 6:57 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "योजना तर्जुमाका लागि बुनपामा छुट्टाछुट्टै वडाभेला सम्पन्न"

Leave a reply