|

पुराना सामान लियो तिलोत्तमालाई

बुटबल ,पुष ४ - तपाईलाई आपनो घरमा भएका पुराना लत्ताकपडा र सरसामानको ब्याबस्थापन गर्न समस्या त परेको छैन ? यदि परेको छ भने अब तपाईका त्यस्ता सामानहरु अरु कसैको लागि राहत बन्ने भएका छन् । लियो क्लब अफ तिलोत्तमाले अब घरघरमा रहेका पुराना लत्ताकपडा र सरसामानहरु संकलन गरेर अनाथ असाहाय र बिभिन्न प्राकृतिक प्रकोपका पिडितहरुलाई बाड्ने भएको छ ।

क्लबले यसैको अभियानका लागि बुटबलमा हुन लागेको लुम्बिनि एक्स्पो २०१२ मा स्टल नै राखेर त्यस्ता सामानहरु संकलन गर्ने जनाएको छ । स्टलमा आउने सबै सर्बसाधारणलाई क्लबले आपनो अभियानको बारेमा जानकारि गराउने र सामान सुंकलन गर्न ईच्छुकहरुको लगत संकलन गर्ने जनाएको छ । त्यस्ता सामाग्रिहरु बिभिन्न समयमा हुने प्राकृतिक प्रकोपका पिपडतहरुलाई तत्कालै बितरण गरिने बताईएको छ । लुम्बिनि एक्स्सोमा १५ नम्बर स्टलमा जानकारिमुलक स्टल राख्ने लियो क्लब अफ तिलोत्तमाका अध्यक्ष लियो सन्देश श्रेष्ठले जानकारि दिनुभएको छ ।

क्लबले आज बुधबार बुटबलमा पत्रकार सम्मेलनको अयोजना गरि स्टल नं १५ मा अबलोकन गरिदिनुहुन सबैलाई अनुरोध समेत गरेको छ । लत्ताकपडा, जुत्ता, पुस्तकहरु तथा अन्य प्रयोग गर्न मिल्ने जुनसुकै सामान पनि संकलन गरेर राहतका गागि तयारि अबस्थामा रहने पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक लियो रोशन बस्यालले बताउनु भयो ।


साथै क्लबले सोहि स्टलमा लागु औषत दुब्र्यसनिका बिरुद्धमा पनि जनचेतना फैलाउने जनाएको छ । पछिल्लो समयमा लागु औषतको कुलतमा फस्ने युबाहरुको संख्या बढ्दै गएको प्रति चिन्ता ब्याक्त गर्दै त्यसको रोकथामका लागि अभियन चलाएको क्लबका सचिब लियो चिरञ्जिबि थैबले बताउनुभयो । स्टलमा लागु औषतमा फसेका, यसको शुरुबात गरेका र यसको रोकथामको बारेमा जान्न चाहने सबै युबायुबतिहरुलाई स्टल सम्म आईदिन क्लबले अनुरोध गरेको छ । साथै त्यसमा सघाउन क्लबले अभिभाबकहरुलाई पनि आग्रह गरेको छ ।


पत्रकार सम्मेलन क्लबका अध्यक्ष लियो शन्देस श्रेष्ठको अध्यक्षााता र सचिब लियो चिरञ्जिबि थैबको संचालनमा सम्पन्न भएको थियो ।क्लबले यसअधि पनि बिभिन्न सामाजिक कामहरु गर्दै आएको थियो ।

Posted by Butwalonline on 7:01 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पुराना सामान लियो तिलोत्तमालाई"

Leave a reply