चीट चोराउने अभिभावकले दैलेखका होटल खचाखच,३ नक्कली परिक्षाथीहरुलाई कार्वाही
कृष्ण आचार्य ,दैलेख, श्रावण २५-एस.एल.सी. मौका परीक्षाको आज तेश्रो दिन गणित विषयको परीक्षा दिन आएका १३ सय ७६ परीक्षार्थीका साथमा चीट चोराउन आएका शिक्षक र अभिभावकले दैलेख सदरमुकामका होटलहरु खचाखच भएका छन् । नियमित एस.एल.सी.को समयमा २३ स्थानमा परीक्षा केन्द्र भएकोमा कम्तीमा २ विषय सम्म अनुत्तीर्ण विद्यार्थीहरुका लागि एस.एल.सी. मौका परीक्षा जिल्ला सदरमुकाममा मात्र संचालन गरेको कारण दैलेख सदरमुकामका सबै होटलहरु खचाखच भरिएका हुन् । साना–ठूला गरी करिव १ सय भन्दा बढी होटलमा २ हजार मानिस बास बस्न सक्ने क्षमता रहेकोमा एक जना परीक्षार्थीसंग ५ जना चीट चोराउने शिक्षक–अभिभाव आएका कारण एकैपटक करिव ७ हजार बढी मानिस थपिएको कारण होटल भरिभराउ भएका हुन् । सोमवारदेखि नै होटलहरुमा खाना खाादा उभिएर खादै गरेको देखिन्थ्यो भने सुत्दा होटलका पेटी–चौकामा यत्रतत्र सुताउन परेको होटल व्यवसायीहरु बताउाछन । त्यस्तै हिजो नेपाली विषयका परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेका ३ जना नक्कली परीक्षार्थी कार्वाहीका लागि पक्रेर प्रहरीको नियन्त्रणमा राखिएको जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदीले जानकारी दिनु भयो ।