नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समय फेरी बढायो
काठमाडौं, पुष २९ – नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समय बढाएको छ । प्राधिकरणका अनुसार आउँदो माघ २ गते सोमबारदेखि हप्तामा ८२ घण्टा लोडसेडिङ हुनेछ । विद्युत चुहावट हुने ठाउँमा भने हप्तामा ८७ घण्टासम्म लोडसेडिङ हुनेछ ।
आउँदो सोमबारदेखि लागू हुने गरी लोडसेडिङको समय बढाइएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले शुक्रबार विज्ञप्ती निकालेर आइतबार, सोमबार र मंगलबार १०–१० घण्टाका दरले लोडसेडिङ हुने जनाएको छ । यस्तै बुधबार र शनिबार १२-१२ घण्टा र बिहीबार र शुक्रबार १४-१४ घण्टाका दरले लोडसेडिङ हुनेछ ।
अहिले हप्तामा ६९ घन्टा विद्युत कटौती हुदै आएको छ । ४०–५० प्रतिशतसम्म विद्युत चुहावट हुने फिडरहरुमा थप २ घन्टा, ५० देखी ६० प्रतिशत चुहावट हुने फिडरमा दैनिक थप ३ घन्टा, ६०–७० प्रतिशतसम्म विद्युत चुहावट हुने ठाउँमा थप ४ र त्यस भन्दा बढि चुहावट हुने ठाउँमा ५ घन्टा थप विद्युत कटौती हुने प्राधिकरणले जनाएको छ ।
स्रोत :उज्यालो नेटवर्क