|

चिनियाँ प्रधानमन्त्री वेन जियाबाओ भोलि नेपाल आउने

काठमाडौं, पुस २९-चिनियाँ प्रधानमन्त्री वेन जियाबाओ भोलि शनिबार नेपाल भ्रमणमा आउने भएका छन्। भ्रमणको विषयलाई शुक्रबार साँझसम्म दुवैतर्फबाट गुपचुप राखिए पनि परराष्ट्र मन्त्रालयले अतिथि स्वागतका लागि काम गरिरहेको छ। स्रोतका अनुसार चिनिया प्रधानमन्त्रीले काठमाडौंमा ५ घण्टा मात्र बिताउनेछन्।११ बजे विशेष विमानबाट त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा अवतरण गर्ने उनी ४ बजे काठमाडौंबाट कतारका लागि उड्नेछन्।५ घण्टाको छोटो समयमा जियाबाओले प्रधानमन्त्री बाबुराम भट्टराईसँग सिंहदरबारमा दुई पक्षीय भेट गर्नेछन्। उनको ५ घण्टे नेपाल बसाइका अन्य कार्यक्रम गोप्य राखिएका छन्।

जियाबाओको नेपाल भ्रमणलाई लिएर प्रधानमन्त्री बाबुराम भट्टराई र चिनियाँ राजदू योङ होउलानबीच हिजो बालुवाटारमा छलफल भएको थियो। राजदूत होउलानले दुवै देशलाई उपयुक्त हुने समय पारेर जियाबाओले नेपाल भ्रमण गर्ने जानकारी प्रधानमन्त्री भट्टराईलाई गराएका थिए। त्यसको तीन दिनपछि जियाबाओ काठमाडौं आइपुग्न लागेका हुन्।एक दशकपछि चिनियाँ सरकार प्रमुखबाट नेपालको भ्रमण हुन लागेको हो। यसअघि नेपाल आउने चर्चा चले पनि मंसिरको अन्त्यमा जियाबाओको भ्रमण स्थगित भएको जानकारी गराइएको थियो।
                                                                                                                                         स्रोत :नागरिक

Posted by Butwalonline on 3:36 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "चिनियाँ प्रधानमन्त्री वेन जियाबाओ भोलि नेपाल आउने"

Leave a reply