|

आँसु रोक्नै नसकिने रहेछ

पाल्पा, श्रावण ३ - तानसेन बसपार्ककी मंगली घरीघरी सुक्कसुक्क गर्दै थिइन् । 'मान्छेको जीवनलीला यस्तै हो रहेछ,' 'जीवनलीला' हेरेपछि आँसु पुछ्दै उनले भनिन्, 'आँसु रोक्नै नसकिने रहेछ ।'
लाहुरेको जीवनशैली र मगर गाउँको वास्तविक घटनालाई आधार बनाएर निर्मित उक्त फिल्मको सन्तोष चलचित्र मन्दिरमा शनिबार च्यारिटी शो गरियो । फिल्म हेरेपछि आँसु पुछ्नेमा महिलाहरू मात्रै भएनन् । कतिपय पुरुषले समेत कसैलाई देख्लान् कि जस्तो गरे ।
चलचित्रको कथावस्तु कन्जुस लाहुरे र उसको परिवारसँग जोडिएको छ । पेन्सनर लाहुरे र उसको एक्लो छोरोको वरिपरि कथावस्तु घुम्दा वास्तविकतामा जोडिन पुगेको अर्का दर्शक पोखराथोकका सुरेश न्यौपानेले बताए । 'मगर, गुरुङ समुदायको यथार्थ यो फिल्ममा रहेछ,'  उनले भने ।
'जीवनलीला' को च्यारिटी शो सहिद प्रतिष्ठानको सहयोगार्थ गरिएको हो । निर्माता पूर्ण रानामगरका अनुसार च्यारिटीबाट १ लाख रुपैयाँ संकलन भएको छ । 'धेरै दर्शकहरूले हामीलाई रुवाउने फिल्म पो बनाउनुभएछ भने,' कलाकार तथा निर्माण सहयोगी किरण चित्रकारले भने, 'किशोरकिशोरीदेखि युवा सबैको मन छोएको छ ।' च्यारिटीका दुवै शोमा हल खचाखच थियो ।
नेपालीपन, गाउँघरको परिवेश, मौलिक कलासंस्कृति, भेषभूषा भएकाले 'जीवनलीला' लाई धेरैले मन पराउने निर्देशक पि्रतम गुरुङले विश्वास जनाए । यो फिल्ममा विनय लामाले नायक र सोनिया केसीले नायिकाको भूमिका निर्वाह गरेका छन् । कुन्ती सुब्बा, विवेश बुढामगर, सविता गुरुङ, हेमबहादुर गाहा लगायतले यसमा खेलेका छन् ।
च्यारिटी अवसरमा नायक लामासहित अन्य कलाकारहरूलाई सम्मान पनि गरियो ।
Source:kantipurnews

Posted by Butwalonline on 7:41 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "आँसु रोक्नै नसकिने रहेछ"

Leave a reply