|

कोसीमा वर्षकै उच्च बहाब, २७ ढोका खोलियो


इनरुवा, श्रावण ४ - सप्तकोसी नदीमा बुधबार यस वर्षकै उच्च बहाब भइरहेको छ । दि्उँसो सवा तीनवजे गरिएको मापन अनुसार कोसी ब्यारेज भएर प्रति सेकेन्ड एकलाख ९५ हजार चारसय ८० क्युसेकका दरले पानीको वहाब रहेको छ ।
कोसी ब्यारेजस्थित प्रहरी चौकीका प्रहरी नायव निरीक्षक शम्भु बस्नेतले दिएको जानकारी अनुसार पानीको उक्त वहाब यसवर्ष अहिले सम्मकै उच्च हो । पानीको बहाब बढदै गएपछि कोसी ब्यारेजका २७ वटा ढोकाहरु खोलिएको छ ।
बुधबारको बहाब ०६५ साल भदौ २ गते कोसीको पुर्वी तटबन्ध सुनसरीको पश्चिम कुसहामा भत्किदाको दिन भन्दा २८ हजार क्युसेकले बढी हो । पुर्वी तटबन्ध पश्चिम कुसहामा भत्किदाको दिन कोसीमा एकलाख ६७ हजार क्युसेकका दरले प्रति सेकेन्ड पानीको बहाब भएको थियो ।
पानीको बहाब बढ्दै गएपछि कोसी ब्यारेजको पश्चिम मोहडामा रातो झण्डाका साथै रातो बत्ती वालिएको छ । कोसी ब्यारेजवाट पानीको बहाब एकलाख ५० हजार क्युसेक नाघ्ने बितिकै पश्चिम ब्यारेज पुलको पश्चिम क्षेत्रमा खतराको सुचक भन्दै रातो झण्डा गाड्नुका साथै रातो बती बाल्ने गरिन्छ ।
Source:Kantipurnews

Posted by Butwalonline on 1:58 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कोसीमा वर्षकै उच्च बहाब, २७ ढोका खोलियो"

Leave a reply