बिदेशबाट फर्किँदा ल्याइने टेलिभिजनमा कर कति घट्यो त ?
वैदेशिक रोजगारबाट फर्केका नेपाली यात्रुहरुले विदेशबाट आउँदा ल्याउने एल.सी.डी., प्लाज्मा वा एल.ई.डी. टेलिभिजनमा समदरमा लाग्ने महसुल दर घटाएको छ ।
अर्थमन्त्री भरतमोहन अधिकारीले शुक्रबार दिउँसो प्रस्तुत गरेको बजेटमा यो ब्यवस्था गरेको हो । बैदेशीक राजगारीबाट फर्केकाहरुले आफ्नो प्रयोजनका लागि ल्याएको त्यस्ता सामाग्रीहरुमा पनि करलगाई दिंदा मर्कामा पर्ने गरेको गुनासो गर्दै आएको थियो ।
एल.सी.डी., प्लाज्मा वा एल. ई.डी. टेलिभिजनमा भन्सार महसुल, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर नलगाई देहाय बमोजिमको एकमुष्ट रकम भन्सार महसुल बापत असुल गरिनेछः—
अहिलेको कर(New Custom Rate)
एल.सी.डी.प्लाज्मा वा ६ महिनासम्म विदेश ६ महिना भन्दा बढी एल.इ.डी.टिभी को बसी फर्केकालागी बिदेशमा बसी फर्केका लागि
साइज( इन्चमा ) (प्रतिइन्च रुपैयाँमा) (प्रतिइन्च रुपैयाँमा)
क . २२ " सम्म २५०/- २०० /-
ख . २३ " देखि २९ " सम्म ४००/- ३५० /-
ग . ३० " देखि ३२ " सम्म ५०० /- ४५० /-
घ . ३३ " देखि ३९ " सम्म ५५० /- ५०० /-
ङ . ४० " देखि ४९ " सम्म ६०० /- ५५० /-
च. ५० " र सो भन्दा माथि १२५० /- १२०० /-
पहिलेको कर(Old Custom Rate)
एल.सी.डी.प्लाज्मा वा ६ महिनासम्म विदेश ६ महिना भन्दा बढी
एल.इ.डी.टिभी को बसी फर्केकालागी बिदेशमा बसी फर्केका लागि
साइज( इन्चमा ) (प्रतिइन्च रुपैयाँमा) (प्रतिइन्च रुपैयाँमा)
क . २२ " सम्म ३०० /- २५० /-
ख .२३ " देखि २९ " सम्म ४२५ /- ३५० /-
ग . ३० " देखि ३२ " सम्म ७२० /- ६४० /-
घ .३३ " देखि ३९ " सम्म ९०० /- ८०० /-
ङ ४० " देखि ४९ " सम्म ९५० /- ८५० /-
च. ५० " र सो भन्दा माथि १७०० /- १६०० /-
यदि तपाईँले ३२ इञ्चको टिभी ल्याउनु भयो। तपाईँ विदेशमा बसी फर्केको छ
महिनामात्रै भएको छ भने तपाईँले प्रति इञ्च ५ सय रुपैयाँ अर्थात् ३२x५००
रुपैयाँ = १६ हजार रुपैयाँ कर तिर्नुपर्छ। त्यसबाहेक तपाईँले भन्सार महसुल,
अन्तःशुल्क, मूल्य अभिवृद्धि कर केही पनि तिर्नुपर्दैन। यदि तपाईँ छ
महिनाभन्दा बढी समय बसी नेपाल फर्कनुभएको हो भने तपाईँले ३२X४५०= १४ हजार ४
सय रुपैयाँ मात्रै कर तिरे हुन्छ।