|

सुकुम्बासी ठग्नेलाई कारबाहीको माग


नेपालगन्ज, श्रावण ४ - जग्गाको लालपुर्जा दिनेभनी सुकुम्बासीबाट पैसा असुलेर ठगी गरेका दलालहरुलाई कारबाही नगरे बाँकेका सुकुम्बासीहरुले आन्दोलन गर्ने चेतावनी दिएका छन् । 
बांकेका विभिन्न गाविसका सयौं सुकुम्बासीबाट लालपुर्जा दिने प्रलोभन देखाएर करिब डेढ करोड रुपैयाँ ठगी गर्नेहरु विरुद्ध कारबाहीको माग गर्दै बुधबार पीडित र सरोकारवालाहरुले प्रमुख जिल्ला अधिकारीलाई भेटेर उक्त चेतावनी दिएका हुन् ।   
बांकेका एक सय ८६ जना सुकुम्बासीले आफूहरु ठगीएको भन्दै तीन महिना अघि जिल्ला प्रशासन कार्यालयमा कारबाहीको माग गर्दै उजुरी गरेका थिए । ती उजुरी माथि छानबिन समेत नभए पछि विभिन्न सुकुम्बासीका संगठन र राजनीतिक दलका नेताहरुले प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेलाई भेटी तत्काल कारबाहीको माग गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारी घिमिरेले सुकुम्बासी ठग्नेहरुलाई कसरी कारबाही गर्न सकिन्छ भन्ने सम्बन्धमा बुधबारै प्रहरी प्रमुखसँग छलफल गर्ने  बताएका छन् ।   
सुकुम्बासी समस्या समाधान आयोग जिल्ला समिति बांकेका पदाधिकारीले लालपुर्जाको प्रलोभन देखाएर कोहलपुर, रझेना, शम्सेरगञ्ज, फत्तेपुर लगायतका गाविसका सुकुम्बासीसंग पैसा असुलेका हुन् ।
 Source:Kantipurnews

Posted by Butwalonline on 1:48 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सुकुम्बासी ठग्नेलाई कारबाहीको माग"

Leave a reply