तौलिहवा बन्दका कारण जनजीबन प्रभाबित
कपिलवस्तु, श्रावण ४ - सदरमुकाम तौलिहवा बन्दका कारण यहाँको जनजीबन प्रभाबित बनेको छ । तौलिहबाका पसल, बजार पुर्ण रुपमा बन्द छन् । यातायातका साधन पनि चलेको छैन् । सदरमुकामबाट चल्ने र बाहिरबाट आउने कुनै पनि सबारी साधन चलेका छैनन् ।
मंगलवार प्रहरीले एक ट्रक चामल बल प्रयोग गरी पक्राउ गरेको बिरोधमा तौलिहवा उद्योग वाणिज्य संघले बुधबार बन्दकोे आव्हान गरको हो ।
प्रहरीले कपिलवस्तु नगरपालिका-७ बरदहवाबाट लु १ ख ६३१६ नंम्वरको ट्रकमा रहेको ५२ क्वीन्टल चामल अबैध रुपमा भन्सार छलेर ल्याएको भन्दै पक्राउ गरेको आरोप उद्योग वाणिज्य संघले लगाएको छ । संघले आबश्यक कागज सहित जिल्लाको रंगपुर गाबिस स्थित सरजु गल्ला भण्डार पान नं. ३००३५८४९६ बाट चामल खरिद गरि उत्तम गल्ला भण्डार बुटवल लैजाने गरेको जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख उपरीक्षक धिरु बस्नेतको सरुबा र पक्राउ गरेको चामल फिर्ता नभए सम्म बन्द जारी रहने उद्योग वाणिज्य संघका अध्यक्ष संतोष कसौधनले बताए । त्यस्तै संघका अध्यक्षको नेतृत्बमा ब्यापारीहरुको एक समुहले प्रमुख जिल्ला अधिकारी डा. कमलेश्बर सिन्हालाई ज्ञापनपत्र दिदै प्रहरी प्रमुखको तत्काल सरुबा हुनु पर्ने माग राखेका छन्
Source:Kantipurnews