गिनिज बुकमा नाम लेखाउने तयारीमा राजेश
![]()
यस्तो
लाग्छ, राजेश पायल राई गीत संगीतकै लागि जन्मेका हुन् । चाहे पार्श्व
गायन होस् या चाहे सुगम संगीत या राष्ट्रिय गीत नै किन नहोस उनी सबै
क्षेत्रमा निपूर्ण छन् । उनी थुप्रै गीतका संगीतकार मात्र नभएर चलचित्रमा
अभिनय गर्ने कलाकार पनि हुन् । अहिले राजेश आफ्नै एल्बमको नामबाट राखिएको
चलचित्र 'राई इज किङ' मा नायक भएर अभिनय गर्ने तयारीमा छन् । वास्तवमा
भन्दा राजेश कलाको विशाल आँगनमा छन् ।
राजेश गीत गाएर मात्र हैन गीत नगाउँदा
पनि चर्चामा रहन्छन् । कहिले रक्सि खाएको चर्चा त कहिले छोडेको चर्चा अनि
कहिले बिबाह प्रसङ्गको चर्चा त कहिले भिषा नपाउँदाको चर्चा । यस्तै
चर्चामा आउने थुप्रै प्रसङ्ग छन् राजेशसँग । यस्तो लाग्छ कि राजेश चर्चामा
आएनन् भने ति राजेश हुँदैनन् । यहि क्रममा राजेशले पुन: अर्को ठूलो चर्चा
पाउनेमा दुई मत छैन । राजेश अहिले तीनवटा एल्बम एकसाथ सार्वजनिक गरेर
बिश्व रेकर्ड कायम गर्ने शुरमा छन् ।
![]()
राजेशले निकाल्न लागेका एल्बममा लोक गीत तर्फ 'जदौ-३', आधुनिक तर्फ 'मुर्छना-२' र राष्ट्रिय गीत तर्फ 'मेड इन नेपाल'
रहेका छन् । अहिले तीनै एल्बमको गीत रेकर्डिङ भईरहेको बताउँदै राजेशले
गिनिज बुकमा नाम लेखाउन पनि रिसर्च गरिरहेको बताए । उनले भने, 'गुगलमा सर्च
गरिरहेको चुछु । अहिलेसम्म कोही भेटेको छैन फरक फरक तीन बिधाका एल्बम
एकसाथ सार्वजनिक गर्ने । यदि यो समय भित्रमा कसैले निकाल्यो भने म भन्न
सक्दिन नत्र गिनिज बुकमा नाम पक्कै लेखाउँछु ।'
०४७ साल तिर 'सम्झनाको कुरा नगर...' बोलको गीत गाएर आफ्नो गायन यात्रा शुरू गरेका राजेशले अहिले सम्म १२ वटा एल्बम निकाली सकेका छन् । उनले गीत गाएको पहिलो चलचित्र 'गरिब' हो । ०५२ सालमा अशोक शर्माले निर्देशन गरेको सो चलचित्रका गीतमा शम्भुजित बाँस्कोटाले संगीत भरेका थिए ।
Source:Filmikhabar
|
