डोल्माको कारावास सजाय अवधि पाँच वर्ष थपियो
काठमाडौं, अषाढ २७ -
खाडी मुलुकको कुवेतमा फिलिपिनो सहकर्मीको हत्या अभियोगमा सुरुमा
मृत्युदण्ड र लगत्तै आजीवन कारावास पाएकी सिन्धुपाल्चोककी डोल्मा शेर्पाको
कारावास सजाय अवधि पाँच वर्ष थपिएको छ । यसअघि कुवेती अमिरबाट सजाय मिनाहा
भएर उनी २०१२ को जुन महिनामा नेपाल फिर्ने भएकी थिइन् ।
एक महिनाअघि घर फिर्ने भन्दै फिर्ती केन्द्रमा पुर्याएर फेरि जेलमा
लगिएकी डोल्माले पाएको सबै सजायको मूल्यांकन भएर फेरि ५ वर्षे अवधी थप भएको
परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताएका छन् । 'हत्या अभियोगमा
परिसकेको व्यक्तिलाई सजाय छुट हुने कुनै नियम नरहेकाले डोल्माको केस
पुनर्समीक्षामा पर्दा सजाय अवधि थपिन पुगेको हो,' ती अधिकारीले बताए । अब
थपिएको जेल सजायअनुसार २०१७ को जुन २० मा मात्रै डोल्मा नेपाल फिर्नेछिन् ।
source:kantipurnews