|

कावासोती नगरपालिका घोषणागर्न माग गर्दै राजमार्ग अबरुद्ध

नवलपरासी , श्रावण १ - कावासोतीलाई नगरपालिका घोषणा नगरिएको भन्दै प्रस्तावित नगरपालि बिकास समितिका पदाधिकारीहरुले आइतवार बिहान ९ वजेदेखि कावासोतीमा महेन्द्रराजमार्गको यातायात ठप्प पारेका छन् । राजमार्गमा अबरोध पुर्याएका कारण पुर्व–पश्चिम हिडेका सैयौं सवारी राजमार्गमा अलपत्र परेका छन् ।
बर्षोदेखि नगरविकास घोषणाकालागि कुनै प्रकृयागत काम नगरी कानमा तेलहालेर बसेका नगर विकास समितिका पदाधिकारीहरु नै पुर्व–पश्चम राजमार्गमा बसेर नगरपालिका घोषणा गरिनु पर्ने भन्दै राजमार्गमा अबरोध गरेपछि स्थानीय बासिन्द छक्क परेका छन् ।
समितिका पदाधिकारीले नगरपालिका घोषणाकालागि कुनै काम नगरेका कारण नगरपालिका घोषणा हुन नसकेको स्थानीयको भनाई छ ।
७०  हजार भन्दा बढि जनसंख्या रहेको कावासोती,  शिवमन्दिर र पिठौली गाविसका केही भागलाई मिलाएर कावासोती नगरपालिका प्रस्ताव गरिएको हो । ति गाविसमा ८ वटा कलेज, ४ वटा अस्पताल, स्थानीय प्रयासमा सम्पन्न भएको ३०  किमि भन्दा बढि पक्की सडक, खानेपानी सुबिधा, प्रयाप्त कृषि उत्पादन लगायतका पुर्वाधार तयार भएरपनि स्थानीय नेतृत्वको हेल्चक्राईका कारण आबश्यक कागजात समयमै स्थानीय बिकास मन्त्रालयमा नपुर्याएका कारण यसपटक नगरपालिका घोषणा हुन नसकेको जिल्ला बिकास समितको भनाई छ ।
उता नवलपरासीकै गैंडाकोट नगरपालिका घोषणा भएको भन्दै खुसीयालीमा स्थायीन बासिन्दाले आइतवार बिहानैदेखि टोलटोलमा बाजागाजा सहित अबिरजात्रा गरेका छन् ।
   
Source:KantipurNews

Posted by Butwalonline on 9:29 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कावासोती नगरपालिका घोषणागर्न माग गर्दै राजमार्ग अबरुद्ध"

Leave a reply