बढेको तलवले नपुगेको भन्दै कर्मचारीद्वारा सिंहदरवार धर्ना
काठमाडौ, श्रावण १ -
मुलुकको प्रशासनिक केन्द्र सिंहदरवारभित्रै कर्मचारीले बजेटले आफ्ना समस्याहरु सम्बोधन नगरेको भन्दै आइतवार नारा जुलुस गरेका छन् ।
माओवादी समर्थित नेपाल कर्मचारी संगठन र कर्मचारी मिलन केन्द्रले बजेटले
कर्मचारीलाई राहत दिन नसकेको दावी गर्दै अर्थमन्त्रालयबाट जुलुस निकालेर
फेरी अर्थमन्त्रालयमै पुगेर धर्ना दिएको हो ।
उनीहरुले बजेटले बढाएको तलव भत्ता अपुग भएको, अस्थायीलाई स्थायी नगरेको तथा अस्थायीलाई लुगाभत्ता नदिएको जस्ता आरोप लगाएका छन् ।
बजेटले ४६.८६ प्रतिशतसम्म कर्मचारीले तलव बढाएको छ । कर्मचारीको तलव यसरी
बढ्दा बजारभउ बढेर समस्या आउन सक्ने भन्दै आलोचना भइरहेको बेला कर्मचारीले
भने त्यसले नपुगेको भन्दै सिंहदरवार भित्रै नाराजुलुस गरी धर्ना दिएका हुन्
।
Source:Kantipurnews