एसएलसी प्रिन्सेसका रोजाइ
एसएलसी पि्रन्सेस २०११ को ताज जितेपछि परिक्रमा राई, फस्ट रनरअप सुजीना थापा र सेकेन्ड रनरअप सरिना श्रेष्ठ दंग छन् । एसएलसी परीक्षा दिएर बसेका उनीहरूले खाली समयको सदुपयोग भरपूर मात्रामा गरे । यसको अवसर जुटायो, सिजन मिडिया प्रालिले । 'अ गेट वे फर हायर एजुकेसन एन्ड करिअर' भन्ने नाराका साथ सिजन मिडियाले एसएलसी दिएर रिजल्टको पखाईमा बसेका किशोरीबीच स्पर्धा गरायो । शनिबार साँझ राजधानीमा सम्पन्न प्रतियोगितामा उपाधि हात पारेपछि परिक्रमा, सुजीना अनि सरिना खुसीले गदगद भए । एलएलसी पि्रन्सेसका लागि मुलुकका विभिन्न स्थानबाट ४६ जना किशोरीले आवेदन दिएका थिए, जसमध्ये ३० जना मात्र छानिए । तीमध्येबाट शीर्ष उपाधि जित्न सफल भएकोमा १६ वषर्ीया परिक्रमा गौरवान्वित भएकी छिन् । एसएलसीमा ८५ प्रतिशत अंक ल्याएकी नयाँ बानेश्वरकी उनी रातो बंगलामा कमर्स पढ्दै छिन् । कर्पाेरेट लयर बन्ने सपना सजाएकी उनी एसएलसी पि्रन्सेसको ताज जितेपछि आफूमा जिम्मेवारी थपिएको बताउँछिन् । 'एसएलसी पि्रन्सेस भएकाले सबैले मबाट धेरै आशा गरेका हुन्छन् त्यसकारण पढाइमा अझ ध्यान दिनेछु,' पढाइ नै आफ्नो पहिलो प्राथमिकता भएको बताउँदै उनले भनिन्, 'अहिले जति प्रतिशत मार्क ल्याएकी छु, अब त्योभन्दा बढी ल्याउनुपर्छ, नत्र संसारले हेप्छ ।' डान्स र एजुकेसन ट्यालेन्ट अवार्डसमेत जितेकी उनी समाजमा उदाहरणीय काम गर्ने कोसिसमा लाग्ने बताउँछिन् । भविष्यमा अन्तर्राष्ट्रिय कर्पाेरेट कम्पनीमा काम गर्ने इच्छा भएकाले यसका लागि भरपूर मिहिनेत गर्ने अठोट उनले गरेकी छिन् ।
फस्ट रनरअपसहित पर्सनालिटी अवार्डसमेत जितेकी सुजीना भने चार्टर एकाउन्टेन्ट बन्न चाहन्छिन् । उनले एसएलसीमा परिक्रमाले भन्दा दुई प्रतिशत बढी अर्थात् ८७ प्रतिशत अंक ल्याएकी छिन् । धरानकी १६ वषर्ीया सुजीना ग्लोबल एकेडेमीमा म्यानेजमेन्ट पढ्ने योजनामा छिन् । यसअघि लिटिल लेडी २००९ मा समेत भाग लिएकी उनले सो प्रतियोगितामा बेस्ट डे्रस घोषित भएकी थिइन् । मोडलिङमा समेत रुचि राख्ने उनी मिस नेपालमा समेत भाग लिन चाहन्छिन् । उनले पनि परिक्रमाले झैँ पढाइलाई नै प्राथमिकतामा राखेकी छिन् । 'चानचुने मिहिनेतले सिए बनिँदैन,' उनी भन्छिन्, 'सम्पूर्ण ध्यान पढाइमै केन्दि्रत गर्छ्ु । पढाइबाट फुर्सद मिलेका वेला मात्र मोडलिङ, प्याजेन्टमा सहभागी हुनेछु ।' सेकेन्ड रनरअप सरिना श्रेष्ठले बेस्ट कुर्था अवार्ड पनि जितिन् । लैनचौरकी १५ वषर्ीया सरिनाले एसएलसीमा ७९ प्रतिशत अंक ल्याएकी छिन् । 'मलाई एसएलसीको नम्बर चित्त बुझेको छैन,' डिस्टिङ्सन नआएकोमा असन्तुष्ट सरिनाले भनिन्, 'अब म अझ मिहिनेत गरेर पढ्छु । प्लस टु सकेर फेसन डिजाइनिङमा लाग्छु ।' भविष्यमा बैंकिङ क्षेत्रमा समेत लाग्ने योजनामा रहेकी उनलाई घरबाट युनाइटेड कलेजमा पढाउन जोड गरिएको छ रे ! तर उनी भने जेभिएर एकेडेमीमा म्यानेजमेन्ट पढ्न चाहन्छिन् । सरिनाले २००९ मा भएको मिस लिटिल नेवामा बेस्ट डे्रस र बेस्ट स्माइलको उपाधि जितेकी थिइन् ।
अध्ययनसँगै जोडिएको विषय भएकाले प्रतियोगितामा भाग लिन आफूहरूलाई घरपरिवारको पूर्ण सहयोग र समर्थन रहेको बताउँछन् उनीहरू । उपाधि जितेपछि आफूहरू जताततै चर्चा र बधाईको पात्र भएको बताउँदै तीनैजनाले भने, 'यो एक्स्ट्रा एचिभमेन्ट हो । समयअनुकूल भएसम्म यस्ता प्रतियोगितामा भाग लिइरहनेछु ।' प्रतियोगिताले आफूमा आत्मविश्वास बढाएको अनुभव गरेका छन् उनीहरूले । 'पहिला मासमा बोल्नुपर्दा मेरो हात काम्थ्यो, मुख सुक्थ्यो,' सुजीनाले भनिन्, 'तर, अहिले मेरो कन्पिmडेन्ट बढेको छ । अहिले मलाई डर लाग्दैन । फटाफट बोल्न सक्ने भएकी छु ।' शीर्ष उपाधि विजेता परिक्रमाले पनि प्रतियोगिताले आफूलाई आत्मविश्वास बढाउन ठूलो भूमिका खेलेको बताउँछिन् । सेकेन्ड रनरअप सरिनाले पनि प्रतियोगिताले संकोचपन हटाएको महसुस गरेकी छिन् । उपाधि विजेता यी तीन किशोरीको सोख भने आ-आफ्नै छन् । परिक्रमा फिल्म हेर्न मन पराउँदिनन् । उनलाई नाटक हेर्न मन लाग्छ । स्कुलमा नाटकमा अभिनय गरेको बताउने उनी रंगमञ्चनिकट रहिरहन मन पराउँछिन् । ड्रम बजाउन सौखिन परिक्रमा साहित्यप्रति पनि उत्तिकै झुकाब राख्छिन् । फस्ट रनरअप सुजीना भने फिल्ममा रुचि राख्छिन् । नाच्न र गितार बजाउन पनि रुचि राख्ने उनी मोडलिङमा समेत इच्छा राख्छिन् । सेकेन्ड रनरअप सरिना भने डान्स, बास्केट बल र गीत गाउन मन पराउँछिन् । उनी गितार पनि बजाउँछिन् । पढाइमा बाधा नपर्ने गरी म्युजिक भिडियो खेल्ने चाहना छ उनको ।
तस्बिरः ज्ञानेन्द्र कार्की
नयाँ पत्रीका बाट
