पत्रकारको घरमा बम बिष्फोट
नेपालगन्ज, अषाढ १४ - प्रेस चौतारी बाँकेका अध्यक्ष रुद्र सुवेदीको नेपालगन्ज १६ मुक्तिपुरमा रहेको निवासलाई लक्षित गरेर सोमबार राति बम बिष्फोट गराइएको छ ।
राति ८.३० बजेतिर उनको घरमा बम बिष्फोट गराइएको हो । नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद समेत रहेका सुवेदी नेपालगन्जबाट प्रकाशित मध्यपश्चिम दैनिकका सम्पादक र राजधानी दैनिकका नेपालगन्ज व्यूरो संयोजक हुन् । प्रेस चौतारी बाँकेले मंगलबार विज्ञप्ति जारी गर्दै घटनाको घोर निन्दा तथा भत्र्सना गरेको छ ।
'बिष्फोटबाट कुनैपनि क्षति नभएपछि पत्रकार सुरक्षाका लागि देशभरका पत्रकार आन्दोलनमा रहेको समयमा गरिएको बिष्फोटनको घटनाको जतिनै निन्दा र भर्त्सना रेपनि अपुरो हुन्छ ।' सचिव भेषराज बस्नेतद्धारा जारी विज्ञप्तिमा भनिएको छ । घटनाले पत्रकारको सुरक्षाका लागि झन ठूलो चिन्ता थपिएको प्रेस चौतारीको ठहर छ ।
बम बिष्फोट गराउने व्याक्ति वा समूहको पहिचान गरी संलग्नलाई कडा कारबाहीका लागि यहाँका अन्य पत्रकार संगठनहरुले पनि स्थानीय प्रशासनसंग जोडदार माग गरेका छन् । जिल्लामा कार्यरत पत्रकारहरुको सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन पनि प्रहरी प्रशासनको ध्यानाकर्षण गराइएको छ ।
Source:KantipurNews