|

कोरियामा नेपालीबीच सांस्कृतिक कार्यक्रम गर्ने विषयमा विवाद

१४ असार ,दक्षिण कोरिया । दक्षिण कोरियाको पुरानो र नेपालीहरुको छाता संस्थाको रुपमा स्थापित नेपाली सम्पर्क समिति र कोरियामा क्रिशिल रहेका अन्य संघ सस्थाबीच सदेमुनस्थित एमटियूको सभाहलमा भएको ४ घण्टा लामो छलफल बिवादकैबीच सकिएको छ ।
नेपाली सम्पर्क समितिले साँस्कृतिक कार्यक्रम गर्न चाहाने सकृय सस्थाहरुलाई आवेदन दिन आह्वान गरेपछि गोरखा परिवार, सोलु सम्पर्क समिति ,चितवन सम्पर्क समिति, गुल्मी सम्पर्क समिति, नेपाल मगर संघ र कास्की परिवारले कार्यक्रम गर्न पाउँनु पर्ने दावी गर्दै ५ लाख कोरियन वन दस्तुरसहित आवेदन हालेका थिए ।
एनआरएन आइसीसी दस्य गंगा राई एनआरएन कोरियाका अध्यक्ष विनोद कुँवर जनजाति महासंघका अध्यक्ष चंङ्गकुमार गुरुङ्ग नेपाल कोरिया व्यापार संघका अध्यक्ष मदन केसी, मनोज कार्की लगायतका निर्णायक मण्डलले कार्यक्रम दावी गरेका ६ वटै संस्थाका प्रतिनिधीलाई सहमतिमा ल्याउा गरेको प्रयास असफल भएपछि कार्यक्रम गर्न आवेदन दिएका मध्ये कास्की परिवार, चितवन सम्पर्क समिति र नेपाल मगर संघलाई आगामी चुसकमा कार्यक्रम गर्ने अनुमति दिएको थियो ।
गोरखा परिवार, सोलु सम्पर्क समिति र गुल्मी सम्पर्क समितिले उक्त निर्णय निश्पक्ष नभएको भन्दै निर्णायक मण्डल प्रति आक्रोश व्यक्त गरेका थिए । ती संस्थाहरुले तुरुन्त सो निर्णय फिर्ता लिन र सहमतिको बातावरण बनाउनसमेत आहवान गरेका थिए । उता गोरखा परिवारले पनि उक्त निर्णयविरुद्ध चर्को नारावाजी गर्दै चुसकको पहिलो दिन सेक्टेम्वर ११मा कार्यक्रम गर्ने घोषणा गरेको छ ।
कोरियाको माहाच चाड चुसक तथा सलनालमा पर्ने लामो छुट्टिहरुमा संघ सस्थाले आयोजना गर्ने साँस्कृतिक कार्यक्रमलाई एकआपसमा नजुध्ने गरि कसरी ब्यवस्थित र आपसी एक्ता कायम गराउँन सकिन्छ भन्ने उदेश्यले एनसिसीले आयोजना गरेको उक्त कार्यक्रममा ४ घण्टा लामो छलफल भएपनि सबैले मेरो गोरुको बाह्रै टक्का भन्दै आफ्नो अडान नछाडेपछि सहमति हुन नसकेको हो ।
हाल दक्षिण कोरियामा राजनीतिक, जातीय क्षेत्रीय ,धार्मिक ,समाजिक लगायतका नाममा गठन भएका ६० भन्दा बढी संघसस्था स्थापित छन् । कोरिया भुमीमा कृयाशील रहेका सामाजिक संस्थाहरुले प्रत्येक वर्ष कोरियमा आयोजना हुने साँस्कृतिक कार्यक्रमहरुमा यस्ता खालका किचलो देखिने गरेको छ । पत्येक समाजमा समाजिक सेवाका नाममा खुलेका संघ संस्थाहरुलाई नियमित र व्यवस्थित गर्न त्यस समाजको आवश्यकता अनुसार नियम पनि वनाइएको हुन्छ । त्यही निमयलॆ नै अनुगमन र नियमन पनि गर्ने गर्दछ । तर, एनसिसिको कार्यक्षेत्र र प्रष्ट नियमसमेत नभएकाले छाता संस्था मन्ने आधार नभएको आरोप लगाए ।
कार्यक्रममा नेपाली सम्पर्क समितिको औचित्य समाप्त भैसकेको भन्दै नेपाल सरकारको एक मात्र जिम्मेवार एजेन्सी नेपाली राजदूतावासले यस्ता समस्याहरुको निराकरण गर्ने र सबै नेपाली सामाजिक गतिविधिहरुलाई समन्वयात्मक सन्जालमा बांधेर स्वनियन्त्रित बन्नेतर्फ मियोको रुपमा काम गर्नसके समाजसेवाको वास्ताविक मर्मभित्र हाम्रा गतिविधिहरु पुग्न सक्ने धारणा राखेका थिए । कार्यक्रमको सभापतित्व समेत गरेका एनससिीका अध्यक्ष डेविट राईले विवादित विषयमा समाधान खोज्न सहमति कायम गराउने गरेको प्रयास विफल भएको थियो ।

 Source:Onlinekhabar

Posted by Butwalonline on 11:07 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कोरियामा नेपालीबीच सांस्कृतिक कार्यक्रम गर्ने विषयमा विवाद"

Leave a reply