|

‘भूटान अझै ८० हजार नागरिक खेद्ने योजनामा’

काठमाडौं, वैशाख २ - नेपालमा शरणागत जीवन विताइरहेका भुटानी शरणार्थी नेताहरुले शरणार्थी समस्या समाधान गर्ने नाममा नेपालले भुटानसँग द्विपक्षीय नगर्न आग्रह गरेका छन् ।
शुक्रबार राजधानीमा आयोजित साक्षात्कारमा भुटानी मानवअधिकारबादी नेता टेकनाथ रिजालले भुटानी शरणार्थी समस्या नेपाल र भुटानको द्विपक्षीय समस्या नभई क्षेत्रीय समस्या भएकोले यसलाई समस्या समाधानको लागि क्षेत्रीय रुपमै वार्ता गर्नुपर्ने बताए । उनले भारतले शरण नदिइ नेपाल पठाएकोले यो समस्या समाधानमा भारतको संलग्नता अनिवार्य हुने बताए ।
रिजालले नेपालले भुटानी शरणार्थीको मुद्दालाई अन्तर्राष्ट्रियकरण गरेर भुटानमाथि थप दबाब दिनुपर्ने बताए । उनले भने, ‘नभए भुटान सरकार अझै ८० हजार नागरिकलाई खेद्ने तयारीमा छ ।’
शरणार्थी नेता बलराम पौडेलले नेपालले भारत, भुटान र शरणार्थीवीचको त्रिपक्षीय बार्ताको लागि मध्यस्तकर्ताको भूमिका मात्र खेल्नु पर्ने भन्दै नेपालले द्विपक्षीय वार्ता गरे त्यो भुटानी शरणार्थीमाथि फेरि अर्को कुठाराघाट हुने चेतावनी दिए ।
अन्तर्राष्ट्रिय मामिलाका जानकार हिरण्यलाल श्रेष्ठले पनि भुटानी शरणार्थी समस्या द्विपक्षीय नभएको भन्दै यो समस्याको समाधान भारतको संलग्नतामा मात्रै समाधान हुन सक्ने बताए ।
Source:Kantipur News

Posted by Butwalonline on 2:19 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "‘भूटान अझै ८० हजार नागरिक खेद्ने योजनामा’"

Leave a reply