दार्जिलिङमा नेपाली च्यानल प्रतिबन्ध / पत्रपत्रिकामा पनि निगरानी
सिलिगुडी, वैशाख २ - १५ औं विधानसभा निर्वाचनको पूर्व सन्ध्यामा पश्चिम वंगाल राज्यको निर्वाचन आयोगले नेपाली टेलिभिजन च्यानललाई दार्जिलिङ क्षेत्रमा प्रतिवन्ध लगाएको छ । आउँदो सोमवार दार्जिलिङमा निर्वाचन हुदैछ ।
निर्वाचनका वेला नेपालीभाषीलाई उक्साहट हुने किसिमका कार्यक्रम प्रशारण हुन सक्ने आशंकाले आयोगले नेपाली टेलिभिजन च्यानललाई प्रतिवन्ध गर्न लागेको हो । नेपाल टेलिभिजन, कान्तिपुर टेलिभिजनलगायतका नेपाली च्यानल स्टालाइट मार्फत विश्वभर प्रशारित छन् ।
आयोगले वुधवार एक सूचना जारी गरेर नेपाली साथै बंगलवादेशी च्यानल प्रशारणमा समेत रोक लगाएको हो । आयोगले यस पटकको विधानसभा चुनावलाई निक्कै महत्वका साथ हेर्दै विदेशी केवल च्यानलप्रति कडा नजर राखेको बताइएको छ ।
आयोगले नेपाली छापालाई समेत कडा निगरानी गरेको जनाइएको छ ।
Source:Kantipur News