नयाँ वर्ष मनाउन गएका दुई युवक मृत फेला
२ वैशाख, वीरगन्ज । नयाँ वर्षको अवसरमा बिहीबार बनभोज खान गएका क्रममा बाग्मती नदीमा डुबेर वेपत्ता भएका दुई युवक शुक्रबार मृत फेला परेका छन ।
प्रहरीका अनुसार मृत भेटिनेमा मलगंवाका १९ वर्षीय मनिष श्रेष्ठ र ३० वर्षीय विनय महतो छन् ।
बागमती नदीमा नुहाउन गएका उनीहरु बिहीबार दिउँसोदेखि डुवेर वेपत्ता भएका थिए ।
सर्लाहीको मलगंवाबाट बनभोजका लागि रौतहटको पौराहीस्थित नुनथरमा आएका बेला बाग्मती नदीमा नुहाउने क्रममा उनीहरु हराएका हुन् । दुवै मृतकको शव बिहीबार बिहान नदी बगरमा फेला परेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
Source:Online Khabar