|

सेलर्ड नवलपरासीद्धारा अन्तरकृया कार्यक्रम सम्पन्न

नवलपरासी, चैत ५ - सामुदायीक मेलमिलाप कार्यक्रमकलाई दिगो र प्रभावकारी बनाउन सरकारले बजेट छुटयाउनुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । 

कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र सेलर्ड नवलपरासीले आयोजना गरेको अन्तरकृया कार्यक्रममा बोल्ने बक्ताहरुले प्रचारप्रसार हुन नसक्दा समुदायका धेरै व्यक्तीहरु सामुदायीक मेलमिलाप कार्यक्रम बारे जानकारी नपाएको बताएका हुन् । नवलपरासीको १५ गाविस र १ नगरपालिकामा मेलमिलाप केन्द्र स्थापना भएको छ । ती केन्द्ररुमा असोज १५ गतेदेखी पौष मसान्तसम्मा दर्ता भएका ३ सय ९ वटा विवादहरुमा २ सय २८ वटा विवादको समाधान भईसकेको छ भने ३१ वटा विवादको समाधान हुन बाकी रहेको सेलर्ड नवलपरासीका संयोजक ज्ञानु जिशीले जानकारी दिनुभयो ।

Posted by Butwalonline on 7:14 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सेलर्ड नवलपरासीद्धारा अन्तरकृया कार्यक्रम सम्पन्न "

Leave a reply