|

बुटवलमा आयोजित द्धन्द्ध संवेदनशिल पत्रकारिता तालिमको आज समापन

बुटवल, चैत ५ - नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यलय र रुपन्देही शाखाको संयुक्त आयोजनामा बुटवलमा शुरु भएको  ‘द्धन्द्ध संवेदनशिल पत्रकारिता तालिमको आज समापन गरिएको छ । तालिमको आज एक कार्यक्रमका विच नेपाल पत्रकार महासंघका केन्द्रीय  सदस्य तथा पश्चिमाञ्चल संयोजक मोहन चापागाईको प्रमुख आतिथ्यतामा  सामपन गरिएको हो । सो अवसरमा बोल्दै महासंघका केन्द्रीय सदस्य चापागाईले परम्परागत पत्रकारिता भन्दा माथि उठेर पत्रकारिता पत्रकारिता गर्न सहभागीहरुलाई आग्रह गर्नुभयो ।

पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दीपक ज्ञवालीले नेपाल पत्रकारमहासंघले द्वन्द्वको नियन्त्रणको लागि विभिन्न समयमा पत्रकारहरुले ठुलो भुमिका खेलेको भन्दै आगामी दिनमा पनि तालिममा सिकेको कुरा व्यवहारमा उतार्नको लागि सहभागीहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा सहभागि मध्ये रुपन्देहीबाट कृष्ण खनाल, कपिलबस्तुबाट कमला भारती र नवलपरासीबाट धनश्याम बगालले बोल्नुभएको थियो । तालिममा  रुपन्देही कपिलबस्तु र नवलपरासीका क्रियाशिल पत्रकारहरुको सहभागिता थियो । तिन दिन सम्म चलेको तलिममा  प्रशिक्षकद्वय शिक्षा पत्रकार समुहका अध्यक्ष प्रकाश शिलवाल र  पत्रकार विनोद ढकालले सहजीकरण गर्नुभएको थियो । तालिम समापनको नेपाल पत्रकार महासंघ रुपन्देहीका कर्यालय सचिव कृष्णराज पाण्डेको सञ्चालनमा भएको थियो ।

Posted by Butwalonline on 6:42 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बुटवलमा आयोजित द्धन्द्ध संवेदनशिल पत्रकारिता तालिमको आज समापन"

Leave a reply