लागु औषध दुब्र्यसन बिरुद्ध बुटवलमा प्रहरी अभियान शुरु
बिनोद परियार,बुटवल, चैत ५ - लागु औषध दुब्र्यसन बिरुद्ध प्रहरी अभियान शुरु गरेको इलाका प्रहरी कार्यालय बुटवलले आज बुटवलको एम्स उच्च माबिमा सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरिक्षक (डिएसपि)राजकुमार बैदबारले अभियानलाई सफल बनाउनका लागि बिद्यार्थीको भूमिका अहम रहने उल्लेख गर्दै अभियानमा सार्थक बनाउन सहयोगको आग्रह गर्नुभयो ।
उहाँले बिद्यार्थी जीवन सिकाइको बेला भन्दै साथीहरुको लहैलहैमा लागेर कुलतमा नफस्न सबैलाई आग्रह गर्नुभयो ।कार्यक्रममा पूर्व लागु औषध प्रयोगकर्ता मिन सेनले लहैलहैका कारण कलेजका धेरै बिद्यार्थीहरु लागु औषधको दुब्र्यसनमा फसेको भन्दै त्यसबाट टाढा रहन आग्रह गर्नुभयो । सो अबसरमा दुब्यर्सनी सम्बन्धि डकुमेन्ट्री प्रदर्शन गरिएको थियो । कार्यक्रममा कलेजका प्राध्यापक महेन्द्र पाण्डे,पत्रकार हरिष ढकाल लगायतले बोल्दै लागु औषधबाट टाढै रहन र समाजलाई सचेत बनाउनुपर्नेमा जोड दिनुभयो । अभियानमा कलेजका ६५ जना बिद्यार्थीको सहभागिता रहको थियो ।