मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम सम्बन्धि प्रशिक्षण शुरु
राधेश्याम बिश्वकर्मा/बिनोद परियार,रुपन्देही,जिल्ला निर्वाचन कार्यालय रुपन्देहीको आयोजनामा मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम सम्बन्धि निर्वाचन शिक्षा कार्यकर्तालाई दुई दिने प्रशिक्षण कार्यक्रम आजदेखि भैरहवामा शुरु भएको छ ।
रुपन्देहीमा कार्यरत स्थानिय शासन तथा सामुदायिक बिकास कार्यक्रम अन्र्तगतका सामाजिक परिचालक तथा कार्यक्रम लागु नभएको स्थानबाट सम्बन्धित महिला स्वास्थ्य सेविका लाई छनौट गरि उनिहरुलाई अस्थायी रुपमा निर्वाचन शिक्षा कार्यकर्ताको रुपमा नियुक्त गरिएको निर्वाचन कार्यालयका प्रमुख तुल्सी ज्ञवालीले जनाएका छन ।
फोटो सहितको मतदाता नामावलीमा समावेश हुन छुट भएकाको पहिचान गरि उनिहरुलाई मतदाता नामावली संकलनमा भाग लिन उत्प्रेरित गर्न सामाजिक परिचालकको महत्यका साथ शिक्षा कार्यकर्ताहरुलाई खटाईएको हो । फोटो सहितको मतदाता नामावली संकलनको लागी यही चैत्र १० गते देखि रुपन्देहीको सम्पूर्ण गा.वि.स. तथा नगर पालिकाका हरेक वडामा टोली खटाईने र सो टोलीलाई प्रशिक्षार्थीह्रुले सहयोग गर्ने निर्वाचन अधिकृत ज्ञवालीले जानाउनुभएकोछ ।