बालअधिकार सचेतना समूहबीच जिल्लास्तरीय निबन्धलेखन प्रतियोगिता
रुपन्देही । फागुन २२ गते ।इन्सेक अभियानसंग आबद्ध बालअधिकार सचेतना समूहहरुबीच जिल्लास्तरीय निबन्ध लेखन प्रतियोगिता फागुन २२ गते केरावानी उमाविमा सम्पन्न भएको छ ।
प्रतियोगितामा केरावानी उमावि, नवरत्न उमावि, सैनामैना उमावि तथा दुर्गाभवानी उमावि र देवदह उमाविका विद्यार्थीहरु सहभागी थिए । बालअधिकारका लागि बालमैत्री विद्यालय विषयक जिल्लास्तरीय निबन्धलेखन प्रतियोगिामा केरावानी उमाविकी अनिषा भुषाल प्रथम भइन् ।
त्यस्तै दुर्गा भवानी उमाविका कृष्ण राना द्वितीय, देवदह उमाविकी स्मृति काफ्ले तृतीय र सैनामैना उमाविकी दीपा अधिकारी र नवरत्न उमाविका लालबहादुर गौतम सान्त्वना भए । उनीहरुलाई नगद, प्रमाणपत्र र पुरस्कार सामग्री प्रदान गरिएको थियो ।
प्रतियोगी विद्यार्थीहरुलाई पुरस्कार प्रदान गर्दै जिल्ला शिक्षा कार्यालय रुपन्देहीका उपसचिव तथा बुटवल स्रोत केन्द्रका विद्यालय निरिक्षक उत्तरकुमार पराजुलीले बिद्यालयहरुलाई बालमैत्री बनाउन निकै चुनौतिपूर्ण रहेको बताए । उनले बालअधिकारलाई ब्यबहारिक बनाउन शिक्षक, अभिभावक र बिद्यार्थीहरुबीच समन्वय जरुरी रहेको बताए । इन्सेकले मानवअधिकारका क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै पराजुलीले बालबालिकाले लेखेका निवन्धहरु संकलन गरेर पुस्तकका रुपमा प्रकासित गर्न सुझाब दिए ।
कार्यक्रममा इन्सेक प्रतिनिधि अमृत गिरी, देवदह आदर्श कलेजका सहप्राध्यापक हिमलाल पाण्डे, संरक्षक शिक्षकहरु सरोज न्यौपाने, सुदर्शन घिमिरे, सूर्यविक्रम राना, हरिराम शर्मा, बालअधिकार सचेतना समूहका अध्यक्ष द्वय सुरेश गिरी र लालबहादुर गौतम, रेडक्रसका कृष्ण न्यौपानेलगायतले बालधिकारका विषयमा बोलेका थिए ।
इन्सेकले रुपन्देहीका पााच वटा सामुदायिक विद्यालयमा मानबअधिकार शिक्षा कायक्रम सञ्चालन गरेको छ । सोही कार्यक्रम सञ्चालित पााच वटा विद्यालयका १५ जना विद्यार्थीहरुले निबन्ध लेखनमा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको संयोजन केरावानी बालचेतना समूहले गरेको थियो ।