|

नेपाल बार एशोसियसनद्धारा सरकारविरुद्ध आज बुटवलमा सभा

बिनोद परियार,बुटवल, चैत ५ - प्रधान न्यायधिसबाट राजिनामा नदिई खीलराज रेग्मी मन्त्री परीषदको अध्यक्ष बनेको बिरोधमा आनदोलनमा उत्रिएको नेपाल बार एशोसियसनले आज  बुटवलमा पनि बिरोध सभा सम्पन्न गरेको छ ।

ब्यबस्थापिका र कार्यपालिकाको नेतृत्व एउटै ब्यत्तिले गर्न नहुने अडान लिदै आएको नेपाल बार एशोसियसनले मन्त्री परीषदको अध्यक्ष खीलराज रेग्मी ले प्रधान न्यायधिसबाट राजिनामा दिनु पर्ने माग राखी सोमबार देश ब्यापी बिरोध सभाको आयोजना गरेको हो । नेपाल बार एशोसियसन पुनराबेदन अदालत बुटवल ईकाईको आयोजनामा सम्पन्न बिरोध सभामा बोल्दै यस क्षेत्रका कानुन ब्यबसायीहरुले ब्यबस्थापिका र कार्यपालिकाको नेतृत्व एउटै ब्यत्तिले गर्ने कुरा नेपालको मात्रै नभएर बिश्वकै न्यायीक ईतिहासमा कालो दीन भएको बताउनुभयो । ब्यबस्थापिका र कार्यपालिकाको नेतृत्व एउटै ब्यत्तिले गर्ने कुरा संबिधानबाद र लोकतान्त्रिक पद्धतीको बिरुद्ध हुने दाबी गर्दै उनिहरुले मन्त्री परीषदको अध्यक्ष रेग्मीले तत्काल प्रधान न्यायधिस पद बाट राजिनामा दिनु पर्ने कुरामा जोड दिए । नेपाल बार एशोसियसन पुनराबेदन अदालत ईकाई बुटवलका अध्यक्ष बुद्ध बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बरिष्ठ अधिबत्ताद्धय बेन बहादुर पौडेल र हरी प्रसाद पाण्डे,बारका पुर्ब अध्यक्षहरु गोकर्ण सिं थापा,शालीकराम बण्जाडे,कमल प्रसाद मलेगो,सुर्य श्रेष्ठ,अधिबत्ता लेखनाथ भण्डारी लगायतले आ आफ्नो भनाई राख्नुभएको थियो ।

Posted by Butwalonline on 6:14 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नेपाल बार एशोसियसनद्धारा सरकारविरुद्ध आज बुटवलमा सभा "

Leave a reply