|

खिलराज रेग्मीलाई प्रधानन्यायाधीशको हैसियतमा सम्वोधन नगर्न सर्वोच्च आदेश

काठमाडौं, चैत ५ - सर्वोच्च अदालतले खिलराज रेग्मी प्रधानन्यायाधीशको हैसियतमा नरहेको स्पष्ट पार्दै प्रधानन्यायाधीश सम्वोधन नगर्न आदेश दिएको छ ।अधिवक्ता चन्द्रकान्त ज्ञवालीले दायर गरेको रिटमा सुनुवाइ गर्दे न्यायाधीश गिरिशचन्द्र लालको इजलाशले रेग्मीलाई अन्तरिम चुनावी मन्त्रिपरिषदको अध्यक्ष मात्रै भनेर सम्बोधन गर्न आदेश दिएको हो ।अहिले प्रधानन्यायाधीश तथा अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्ष भनेर सम्बोधन गरिएकोमा अब प्रधानन्यायाधीश नभन्न निर्देशन दिएको सर्वोच्चका सहप्रवक्ता हेमन्त रावलले जानकारी दिनुभयो ।रेग्मी कार्यकारी प्रमुख हुँदासम्म न्यायपालिकाको स्वतन्त्रतामा कुनै असर नपरोस भनेर यस्तो आदेश भएको उहाँले बताउनुभयो ।

Posted by Butwalonline on 6:13 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "खिलराज रेग्मीलाई प्रधानन्यायाधीशको हैसियतमा सम्वोधन नगर्न सर्वोच्च आदेश"

Leave a reply