|

प्रशाशनद्धारा नवलपरासका चिनि उद्योगहरुलाई किसानको रकम फिर्ता गर्न निर्देशन

नवलपरासी, चैत ५ - नवलपरासी  जिल्लामा रहेका चिनि उद्योगहरुले गैरकानुनी रुपमा किसानहरु वाट जर्बजस्ति चन्दाको नाउंमा रकम असुल गरेको जनाउदै जिल्ला प्रशासन कार्यालय नवलपरासीले उक्त कार्य तत्काल रोकि रकम फिर्ता गर्न उद्योगहरुलाई निर्देशन दिएकोछ । उखु उत्पादक कृषक समितिको कोषमा रकम जम्मा गर्न भन्दै जर्वजस्ति जिल्लाका चिनि उद्योगहरुले किसानहरु वाट प्रतिक्विण्टल उखुमा एक रुपैयाका दरले रकम असुलेको भन्ने किसानहरु वाट उजुरी आएपछि जिल्ला प्रशासनले पत्र काटेर उक्त कार्य रोक्न र समितिको नाउंमा उठाईएको रकम सम्बन्धित किसानलाई फिर्ता दिन निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी बेदप्रकाश लेखकले बताउनुभयो । किसान वाट असुल गरेको रकम फिर्ता नगरे उद्योग र उखु उत्पादक समितिलाई भ्रष्टचार गरेको अभियोगमा मुद्धा चलाईने प्रजिअ लेखकले बताउनुभयो ।

उखुको रकम भुक्तानी गर्दा उद्योगहरुले प्रतिक्विण्टल ४ सय ८१ रुपैयाको भरपाईमा हस्ताक्षर गरेर  ४ सय ८० मात्रै दिदै आएको र रकम दिन नमान्ने किसानहरुलाई समितिले धम्काउने गरेको स्थानिय किसान रामप्रित यादवले बताउनुभयो । उता उखु उत्पादक कृषक समितिका अध्यक्ष उमेश यादवले भने समितिको भवन निर्माणका लागि एक रुपैया उद्योग मार्फत उठाईको बताउदै आउनुभएकोछ ।

Posted by Butwalonline on 6:16 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "प्रशाशनद्धारा नवलपरासका चिनि उद्योगहरुलाई किसानको रकम फिर्ता गर्न निर्देशन "

Leave a reply