बनभोज संगै सातौ बार्षिक सादरण सभा सम्पन्न
त्रिलोचन कोइराला/युएई -पथरी युवा समाज युएइको सातौ बार्षिक सादरण सभा समाजको सस्थापकलाई सम्मान तथा कलाकारलाई बिदाइ गर्दै सम्पन्न भएको छ ।दुबाईको जबेल्पर्कामा फागुन ४ गते बनभोजको कार्यक्रमका साथ सम्पन सातौ बार्षिक सादरण सभामा सस्था स्थापना गर्ने सस्थापकहरु बलराम कुइकेल,मोहन गौतम,डिल्ली संग्रौला,शिब पौडेल, दिल राई टंक अधिकारीलाई सम्मान गरेको सभाले युएइको रोजगारी सम्पन समापन गरि नेपाल फर्किन लागेकी कलाकार मिना रिजाललाई बिदाई गरेको छ ।
समाजसेबी चन्द्रप्रसाद सापकोटाको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा सस्थाका सचिब रमेश खडकाले बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष मुना भण्डारीले आर्थिक प्रतिबेदन प्रस्तुत गरेको थिन ।
सभाको सभापति तथा समाजका अध्यक्ष कृष्ण पौडेलले समाजको आगामी कार्ययोजना प्रस्तुत गर्दै बिश्वभरि छरिएररहेका पथरी बासिलाई गोलबद गर्दै पथरीको शिक्षा, स्वास्थ्य , बिकास मानबिय तथा सामाजिक जनचेतानाका लागि एक अबियान चलाउने र अबियानको संयोजन युएइले गर्ने प्रतिबेदनमा उल्लेख गरेका छन । कार्ययोजनामा अन्य संघ सस्था सँगको सहकार्यमा सामाजिक, मानबिय, कला साहित्य खेलकुद लगाएतको क्षेत्रमा कार्य गर्ने उल्लेख गरिएको छ ।
बार्षिक सदारण सभाको पहिलो चरणको कर्यक्रम समापन भएपछी दोश्रो चरणको मनोरंजनात्मक कार्यक्रमका साथ सम्पन्न बनभोजमा ५ दर्जनभन्दा बडी नेपाली चलचित्रमा नित्यनिर्देशन गरिसकेका कलाकार रमण दाहाल ,आधा दर्जन टेलिचलचित्रकि नायिका मुना भण्डारी,कलाकार रमेश खडका , संगीता उप्रेती, मनकुमार राई लगाएतले आआफनु नित्य देखेको कार्यक्रममा दिन राइले प्रतियोगितात्मक खेलकुद कार्यक्रम संयोजन गर्दै मनोरन्जन गराएका थिए ।
Posted by Butwalonline
on 4:12 AM. Filed under
Photo Gallery,
Prabasi News
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response