साईनिङ्ग स्टार ईङ्गिलस बोर्डिङ्ग स्कुलमा दन्त परिक्षण शिबिर सञ्चालन
बुटवल, २७ माघ । बुटवल दीपनगर स्थित साईनिङ्ग स्टार ईङ्गिलस बोर्डिङ्ग स्कुलमा बिद्यार्थी तथा अभिभावकहरुका दन्त परिक्षण गरिएको छ । बिद्यालय तथा बिद्यालयमा सञ्चालित जुनियर रेडक्रस सर्कलको संयुक्त आयोजनामा एक दिन निशुल्क दन्त शिबिर सञ्चालन गरी उनीहरुको दन्त परिक्षण गरिएको हो ।
शिबिरमा ४ सय बिद्यार्थी तथा सय जना अभिभावकको दन्त परिक्षण गरिएको बिद्यालयका भाईस प्रिन्सीपल तथा शिक्षक नायक हिमलाल न्यौपानेले जानकारी दिनु भयो । शिबिरमा युनिभर्सल कलेज अफ मेडीकल साईन्सेज अस्पताल भैरहवाका डा. भगतनारायण रजरैया तथा नमस्ते नेपाल डेन्टल बुटवलका डा. योगेस थापाको टोलीले दन्तपरिक्षण गरेका थिए । उनीहरुलाई निशुल्क परिक्षण गरिनुका साथै आवश्यक औषधि समेत निशुल्क प्रदान गरिएको बिद्यालयले बताएको छ ।