बुटवलमा स्रष्टाहरूको जमघट
बुटवल, २७ माघ– हरेक महिनाको अन्तिम शनिबार नियमित रुपमा सञ्चालन हुादै आएको साहित्य सङ्गम बुटवलको २१८ औं शृङ्खला शनिबार सम्पन्न भएको छ ।बुटवलको मिलनचोकस्थित ज्ञानज्योति पुस्ताकालयमा सम्पन्न सङ्गममा गुल्मी, पाल्पा, अर्घाखााची, कपिलवस्तु, प्युठान, म्याग्दी, रुपन्देही लगायतका जिल्लाका साहित्यकार तथा साहित्यप्रमीको सहभागिता रहेको थियो ।
अग्रज वाङ्मयसेवी अजम्बरध्वज खातीको अध्यक्षता, पाल्पाका कवि कृष्णप्रसाद कोइरालाको आतिथ्यमा सम्पन्न कार्यक्रममा स्रष्टाहरू अरुण ज्ञवाली, संगीता कुावर ‘अञ्जुली’, रोहन ‘पृथक’, खोमा तरामु मगर, तारामिलन छन्त्याल, अशोक गौतम ‘क्षितिज’, शेषकान्त अर्याल, मीना पन्थी, पशुपति आचार्य, ओम क्षितिज, छवि ज्ञवाली, मिनबहादुर राना, पुनाराम गिरी, होमनाथ शर्मा, राजेन्द्रकुमार आचार्य लगायतले आ–आफ्ना कविता, गजल, मुक्तक, गीत, हाइकू, कथा, लघुकथा आदि प्रस्तुत गरेका थिए । सरोज भण्डारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा वाचित रचनाको समीक्षा कवि रामचन्द्र श्रेष्ठले गरेका थिए ।