|

पर्वत रुपन्देही सेवा समाजको क्षेत्रीय भेला सम्पन्न

बुटवल, २७ माघ -‘एकता भाईचारा र बन्धुत्वको भावना, पर्वत–रुपन्देही सेवा समाजको पवित्र कामना’ भन्ने मुल नाराका साथमा स्थापना भएको  पर्वत रुपन्देही सेवा समाज क्षेत्र नम्बर ४ रुपन्देहीको क्षेत्रीय भेला शनिवार बुटवलमा सम्पन्न भएको छ । सेवा समाज क्षेत्रीय संयोजक रामकृष्ण शर्माको अध्यक्षतामा भएको  भेलामा समाजको जिल्ला तर्दथ समिति रुपन्देहीका अध्यक्ष कृष्ण प्रसाद पराजुलीको प्रमुख आत्थियता रहेको थियो ।

किशोर सेन्चुरीको स्वागत र तुलसी प्रसाद सापकोटाको सञ्चालनमा भएको भेलामा समाजका उपाध्यक्ष लोकप्रसाद खरेल, सल्लाहकारहरु टंक प्रसाद पराजुली, युवराज गीरी, बाबुराम अधिकारी, पुर्णलाल सेन्चुरी, तारा सापकोटा, राजु गुरुङ्ग, नवराज कुँवर, कृष्ण प्रसाद सापकोटा, चीन बहादुर गुरुङ्ग, लोक प्रसाद बस्यालले बोल्दै नवगठीत क्षेत्रीय कमिटिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

समाजको फागुन २९ गते हुने जिल्ला अधिवेसनलाई सफल बनाउन रुपन्देहीको ५ वटा क्षेत्रमा क्षेत्रीय अधिवेसन सम्पन्न गर्ने कार्यक्रम अनुसार शनिवार क्षेत्र नम्बर ४ को अधिवेसन सम्पन्न भएको हो ।
यसैगरी, माघ २९ रामापुर उमावि, फागुन ५ गत भवानीपुर केरवानी,  फागुन १२ गते नारयणस्थान भैरहवामा, फागुन १९ गते शंकरनगर, डिङ्गगर नगरमा क्षेत्रीय अधिवेनसहरु सम्पन्न गर्ने जनाइएको छ ।



क्षेत्र नम्बर ४ को नवगठीत समितिको अध्यक्षमा गुप्त बहादुर केसीलाई चयन गरिएको छ भने उपाध्यक्षमा टेकराज शर्मा, सचिवमा हरीहर श्रेष्ठ, कोषाध्यक्षमा मीना न्यौपाने, सह– सचिवमा अर्जुन प्रसाद पोखरेल र सदस्यहरुमा दुर्गा प्रसाद पराजुली, धर्मदत्त लामिछाने, टुकलाल न्यौपाने, यमलाल विक, कृष्ण चापागाई र लिल प्रसाद गुरुङ्गलाई चयन गरिएको छ ।समितिको शनिवारनै बसेको बैठकले फागुन २९ गतेको जिल्ला अधिवेसनलाई भव्यताको साथ सम्पन्न गर्ने निर्णय समेत गरेको छ ।

Posted by Butwalonline on 5:05 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पर्वत रुपन्देही सेवा समाजको क्षेत्रीय भेला सम्पन्न"

Leave a reply