आबसीय विद्यालय एशोसियसन रुपन्देहीद्धारा खेल सप्ताह सुरु
बुटवल, माघ २७ । राष्ट्रिय निजी तथा आबसीय विद्यालय एशोसियसन नेपाल रुपन्देहीको आयोजनामा शनिबार देखी खेल सप्ताह सुरु भएको छ । उद्घाट पुर्व विभिन्न विद्यार्थीहरु सम्मिलित ट्राफिक चोक बाट सुरु भएको र्यालीले पुष्पलाल पार्क, बसपार्क, मिलनचोक, चौराह हुदै रामनगर खेल मैदानमा पुगी कार्यक्रममा परिणत भएको थियो ।
बार्षिक कार्यक्रम अन्तरर्गत सुरु भएको खेल सप्ताह फागुन १ गते सम्म सञ्चालन हुनेछ । कुल ३८ विद्यालयहरु आबद्ध रहेको खेल सप्ताह बुटवल स्थित मानव ज्ञान उच्च मावि रामनगरको खेल मैदानमा जारी छ । खेल सप्ताहको शनिबार एक कार्यक्रममा विच इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक राजकुमार बैद्धवारले उद्घाटन गरे । कार्यक्रमको उद्घाट गर्दै प्र.ना.उ बैद्धवारले पछिल्लो समयमा युवा पुस्ताहरु लागु औसत प्रयोग कर्ताहरु बनिरहेका बेला यस्ता खेलकुदका कार्यक्रमहरुले त्यस्ता कुलत तर्फ लागेका विद्यार्थीहरुलाई खेलको माध्यमबाट रोक्न सकिने बताए । खेल जीवनका लागि आबश्यक रहेको भन्दै उनले यस्ता कार्यक्रमहरुले विद्यार्थीको क्षमतामा बृद्धि हुने समेत बताए । एन प्याव्सन रुपन्देहीका अध्यक्ष कृष्ण पौडेलेको अध्यक्षता तथा जिल्ला शिक्षा कार्यालयका उप सचिव गंगाराम आर्चायको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै जिल्ला शिक्षा कार्यालयका उप सचिव आर्चायले एन प्याव्सनले खेलको क्षेत्रबाट संघमा आबद्ध रहेका विद्यार्थी, शिक्षक तथा अभिभावकसंग अझ सम्बन्ध स्थापित गर्न सक्ने बताए । ‘स्वच्छ रहन खेलको आबश्यकता पर्दछ त्यति मात्र हैन् विद्यार्थीहरुको अन्रनिहित क्षमतालाई समेत बाहिर ल्याउनमा एन प्याव्सनले महत्वपुर्ण भुमिका निर्बाह गर्यौ’ उनले भने । कार्यक्रममा इप्सा रुपन्देही अध्यक्ष विष्णु पौडल, एथ्लेटिक्स प्रशिक्षक दिनेश आर्चाय, संघका अध्यक्ष कृष्ण पौडल लगाएतले बोलेको थिए । कार्यक्रम संघका उपाध्यक्ष देउ प्रकाश राईको स्वागत तथा सचिव तिलब के.सी को सञ्चालनमा सम्पन्न भएको थियो ।