मंसिरमा नया चुनाव गर्ने गरी चैतमा नया सरकार गठन हुने
लक्ष्मण पोखरेल बुटवल, माघ २७ । नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले मंसिरमा नया चुनाव गर्ने गरी चैतमा नया सरकार गठन हुने बताउनुभएको छ । बिपक्षी दलहरुको आन्दोलनले बर्तमान सरकार चैतमा ढल्ने र त्यसपछि नया चुनावी सरकार गठन हुने उहाले बताउनुभयो ।
‘कसको नेतृत्व भन्ने छैन, चैतमा नया चुनावी सरकार गठन हुन्छ,’ बुटवलमा आज आयोजित पत्रकार सम्मेलनमा उहाले भन्नुभयो–‘त्यही सरकारले मंसिरमा चुनाव गर्नका लागि मिति तोक्नेछ ।’ अहिलेको आन्दोलनलाई चैतमा हुने मुख्य आन्दोलनको तयारीको परिभाषा दिदै पूर्ब मन्त्री समेत रहेका नेता खाडले चैतसम्ममा आन्दोलनको आधिबेहरी आउने दाबि गर्नुभयो । चैतमा आउने त्यस्तो आन्दोलनले बर्तमान सरकार बिघटन भई नया सरकार गठन हुने उहाले बताउनुभयो । नेपालमा बर्तमान समयमा कुनै अन्र्तराष्ट्रिय चलखेल नभएको भन्दै उहाले स्वबिबेकमा सत्ता परिबर्तन हुने दाबि गर्नुभयो । माओबादीको सरकालाई ढाल्नका लागि आन्दोलन नगरिएको उहाले बताउनुभयो । ‘सरकार ढाल्ने र नया सरकार गठन गर्ने आन्दोलनको एजेण्डा होइन, उहाले भन्नुभयो–‘माओबादीलाई सुधार्नका लागि आन्दोलन गरिएको हो ।’ माओबादी संबैधानिक निकायलाई कमजोर बनाएर देशमा सर्बसत्ताबाद र संबैधानिक संकट ल्याउन खोजेको आरोप उहाको छ । रुपन्देहीका पूर्व जनप्रतिनिधि समेत रहेका नेता खाडले माओबादीले आफ्नो सत्ता लम्बाउन कै लागि प्रधान न्यायधिसको नेतृत्वमा सरकार गठन गर्ने कुरा ल्याएको बताउनुभयो । त्यो असम्भव भएको उहाले भनाई छ ।