इन्टलेक्च्यूल स्कुल बुटवल १३ कालिकानगरमा शुक्रबारदेखि खेल सप्ताह शुरु
बुटवल, २७ माघ । इन्टलेक्च्यूल स्कुल बुटवल १३ कालिकानगरमा शुक्रबारदेखि खेल सप्ताह शुरु भएको खेल सप्ताह जारी छ ।बिद्यार्थीको खेल प्रतिको चाहनालाई उजागर गर्नुका साथै लुकेर रहेका प्रतिभाको बिकास गराउने उद्देश्यले आयोजित कार्यक्रमको दोस्रो दिन रिले दौड अन्तरगत जुनियर तर्फ एक सय मिटर दौड तथा सिनीयर तर्फ २ सय, ३ सय र ४ सय मिटरका दौडहरु सम्पन्न भएका छन ।
त्यस्तै त्यस्तै जुनियर तर्फ मिठाई दौड, चम्चा दौड तथा सिनीय तर्फ गणितीय दौड, घैंटो फोड लगायतका खेलहरु सम्पन्न भएको बिद्यालयका अतिरिक्त कृयाकलाप प्रमुख शुरेसकुमार चौधरीले बताउनु भयो । प्रतियोगितामा नर्सरीदेखि कक्षा १ सम्म जुनियर र कक्षा दुईदेखि ६ सम्म सिनीयर समुहमा बिभाजन गरी प्रतिस्पर्धा गराइएको थियो । खेल सप्ताहको अवसरमा रिले दौड, सटपुट, सेक्क्रेस, चम्चा दौड, साईकल दौड लगायतका प्रतियोगिताहरुमा बिद्यार्थीलाई प्रतिस्पर्धा गराईने छ ।