गुल्मी सेवा समाज यूएइको साँस्क्रितिक कार्यक्रम सम्पन्न
उत्तम अधिकारी फागुन १२ - यूएइ ,सन २०११ मा यूएइमा स्थापना भएको गुल्मी सेवा समाज यूएइले आबुधाबीको इन्डियन सोसियल सेन्टरमा मिती २२ फेब्रुअरी २०१३ शुक्रबारका दिन स्थानिय नेपाली कलाकारहरुको प्रस्तुतिमा एक साँस्क्रितिक कार्यक्रमको आयोजना गर्यो । समाजको आबुधाबी क्षेत्रिय समितीको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा सो क्षेत्रिय समितिका अध्यक्ष कृष्ण गौतमको सभापतित्व तथा समाजका केन्द्रिय अध्यक्ष शंकर ज्ञवालीको प्रमुख आतिथ्यता रहेको थियो । मित्र महतले सन्चालन गरेका औपचारिक कार्यक्रममा प्रवासी नेपली संघ यूएइ, नेपाली जन सम्पर्क समिती यूएइ, नेपाली जन प्रगतिशिल मोर्चा यूएइ, नेपाली एकता समाज यूएइ, नेपाली समाज यूएइ, पत्रकार महासंघ यूएइ, अर्घाखाँची सम्पर्क मंच यूएइ, नेपाली कल्याणकारी समिती यूएइ, एन आर एन आइसिसी सदस्य बिमल तामाङ लगायतका संघ सँस्थाका प्रमुख तथा प्रतिनिधीहरुको आतिथ्यता रहेको थियो । बिश्णु प्रसाद गौतमले स्वागत मन्तब्य र समाजका क्षेत्रिय समिती सचिव टिकाराम खरेलले शुभकामना मन्तब्य प्रस्तुत गर्दै कार्यक्रमको बारेमा जानकारी गराएका थिए । "यो नेपाली शीर उचाली " भन्ने रास्ट्रिय गीत बाट शुरु गरिएको कार्यक्रममा उपस्थित बिभिन्न संघ सँस्थाका प्रमुख तथा प्रतिनिधीहरुले कार्यक्रमको सफलताको लागी शुभकामना ब्यक्त गर्दै गुल्मी सेवा समाजले आगामी दिनमा यूएइमा समाज सेवाका क्षेत्रमा अझ ठुलो योगदान पुर्याउदै जानेमा बिस्वास ब्यक्त गरे ।सो अबसरमा लोक गायक चुमन काउचा मगरको छैठौं लोक गीत एल्बम " बिसौनिमा बर ढलेको " को बिमोचन गरियो । उमाकान्त पाण्डे द्वारा सन्चालित सो बिमोचन कार्यक्रममा प्रमुख अतिथीद्वारा मैनबत्ती जलाइ गायक चुमन काउचाको उपस्थितिमा उक्त एल्बमको अडियो सिडी कार्यक्रमका अतिथीहरुले प्रदर्शन गरेका थिए । उक्त एल्बम बिमोचन पस्चात लोक गायक चुमन काउचाले सोही एल्बममा रहेको " बिसौनिमा बर ढलेको " , " मायाले बोलायो भने " र "पोहोर साल" बोलको पन्चे बाजाको लयको गीत गाएर उपस्थित दर्शकहरुको मन जित्न सफल भएका थिए । दर्शक दिर्घा बाट धेरै दर्शकहरु स्टेजमा आइ गायक संगै छम छमी नाच्दा कार्यक्रम स्थलको वातावरण अत्यन्त मनोरन्जक बनेको थियो ।
सोही कार्यक्रममा केही समय अघी गठित नेपाली कलाकारहरुको सँस्था नेपाली प्रतिभा मंच् युएइको तदर्थ समितीको घोसणा समेत गरिएको थियो । दीपक कुँवर संयोजक रहेका नेपाली प्रतिभा मंचको महासचिवमा किसोर सुनुवार र कोसाध्यक्षमा प्रेम लुहाँग सहित ७ सदस्यिय तदर्थ समितीको घोसणा भएको हो । कार्यक्रमका प्रमुख अतिथी शंकर ज्ञवालीले उक्त प्रतिभा मंचका पदाधिकारी तथा सदस्यहरुलाइ खादा ओढाइ स्वागत तथा सम्मान गरेका थिए । सोही समुह बाट सन्चालित प्रवासी अनलाइन रेडियोका नियमित कार्यक्रमहरुको बारेमा तयार गरिएको प्रोमो बजाएर सो अनलाइन रेडियो तथा प्रवासी अनलाइन डट कम नामक सुचना तथा मनोरन्जनात्मक अनलाइन पत्रिकाको समेत उद्घाटन गरिएको थियो । पत्रकार त्रिलोचन कोइरालाले सन्चालन गरेका उक्त उद्घाटन कार्यक्रम पस्चात गायक किशोर सुनुवार , सुर्य केसी , आशिस राई ,गायिका बुनु उप्रेती,लगायतले आफ्नो सांगितिक कोशेली प्रस्तुत गरेका थिए भने न्रित्यांगना सुमी लामाले रोमान्चक न्रित्य प्रस्तुत गरेकी थीइन ।
कार्यक्रमको अन्त्यमा कलाकार दीपक कुँवरको " कलियुगको स्वस्थानी कथा " नामक नाटकले फरक स्वादको मनोरन्जन प्रदान गर्न सफल रह्यो । चार अध्यायमा बाँडिएको सो स्वस्थानी कथाको पहिलो अध्यायमा सामाजिक सन्जाल फेसबुकमा भित्रिएको छाडापन र आधुनिकता संगै बिग्रदो पारिवारिक सम्बन्धहरु , दोस्रो अध्यायमा राजनैतिक घोचपेच तथा तेस्रो अध्यायमा समयको परिवर्तन संगै स्वदेश तथा बिदेशमा रहेका नेपालीहरुको तडक भडकपुर्ण जिवनशैली प्रती तिखो ब्यंग प्रस्तुत गर्दै चौथो तथा अन्तिम अध्यायमा तोकिएको समयमा नया सम्बिधान बनाउन नसकेकोमा ६०१ सभासदहरुलाई नेपाल आमाका जिम्मेवारी पुरा गर्न नसक्ने सन्तानका रुपमा चित्रण गरिएको थियो । दर्शकहरुलाइ भरपुर मनोरन्जन प्रदान गर्न प्रयास गरिएको उक्त कार्यक्रममा उपस्थित दर्शकहरुको मन जित्न प्रत्यक्ष दोहोरी प्रस्तुत गरिएको थियो । गायक दीपक पछाइ तथा गायिका श्रीजना राइ र सहयोगीहरुको साथमा " तिते करेलीले " बोलको चर्चित लोक भाकामा प्रस्तुत गरिएको दोहोरीले दर्शकहरुलाइ प्रफुल्लित बनाएको थियो । उक्त अन्तिम चरणको कार्यक्रम प्रेम लुहाङ्ले सन्चालन गरेका थिए ।
कार्यक्रमको अन्त्यमा सभापती कृष्ण गौतमले उपस्थित सम्पुर्णलाइ धन्यबाद दिदै आगामी दिनमा गुल्मी सेवा समाजले बिबिध किसिमका कार्यक्रमहरु तथा समाज सेवाका कार्यहरु संग संगै अघी बढाउने जानकारी दिए ।
