|

वेस्टर्न एकेडमीको वार्षिकोत्सव

लक्ष्मण पौडेल,बुटवल, माघ २८ - अन्नपूर्ण मोडेल कलेजको व्यवस्थापनमा सञ्चालित ंवेस्टर्न एकेडमी बुटवलको वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह आज सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै जिल्ला शिक्षा कार्यालय रुपन्देहीका उपसचिव उत्तरकुमार पराजुलीले गुणस्तरीय शिक्षामा ध्यान दिन आग्रह गर्नुभयो ।

गुणस्तरीय शिक्षाका लागि अभिभावक, शिक्षक, विद्यार्थीको समेत उत्तिकै भूमिका हुने उल्लेख गर्दै उहाँले शिक्षा क्षेत्रमा देखिएका विकृतीलाई सच्याउँदै जानुपर्ने बताउनुभयो ।

कार्यक्रमका अवसरमा २०६८ सालको एसएलसीमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार प्रदान गर्नुका साथै विभिन्न खेलकुद प्रतियोगितामा विजयी विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

वार्षिकोत्सवकै अवसरमा विद्यार्थीहरुले तेक्वान्दो खेल प्रस्तुत गर्नुका साथै गीत तथा नृत्य समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा विद्यालयका सहप्राचार्य खगराज शर्मा, प्याब्सन रुपन्देहीका सदस्य कोशिषबहादुर बोगटी, इन्दिरा अर्याल लगायतले शैक्षिक वातावरण निर्माणका लागि सरकारको ध्यान जानुपर्ने बताएका थिए ।

Posted by Butwalonline on 5:02 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "वेस्टर्न एकेडमीको वार्षिकोत्सव"

Leave a reply