माघे औंशीमा त्रिवेणी धाममा तिर्थालुको घुईचो
भैरहवा, माघ २८ - नवलपरासी स्थित त्रिवेणीमा रहेको धार्मिक स्थल त्रिवेणी धाममा आईतबार लागेको माघे औशीको मेलामा तिर्थालुको घुईचो लागेको थियो ।
पूर्णभद्र, सोनभद्र र नारायणी नदीको संगमस्थल त्रिवेणीमा आईतबार राती देखि नै माघे औशी मेला नुहाउनको लागी शुक्रबार देखि नै नेपालका नवलपरसी, रुपन्देही, कपिलवस्तु, गुल्मी, पाल्पा लगायत नेपालका पूर्वि जिल्लाहरु भmापा तथा काठमाण्डौं समेतबाट लाखौं तिर्थालुकोे घुईचो लागेको थियो । त्यसैगरि भारतको बिहार र उत्तर प्रदेशबाट भक्तजनहरुको भिड बढेको त्रिवेणी सुस्ता गा.वि.स.का सचिव तथा मेला ब्यावस्थापन समितिका अध्यक्ष गोपाल प्रसाद भट्टराईले जनाएका छन ।माघे औशीमा यी तीन नदीका संगममा नुहाए मोक्ष प्राप्त हुने धार्मिक मान्यता तथा अहिलेको मेलामा नुहाउनेले कुम्भ मेलामा नुहाए बराबरको पूण्य पाउने तथा यो अवसर अब १२ बर्ष पछि मात्र आउने भएकोले मेलामा नुहाउन आएको भारत बिहारको पश्चिमी चम्पारणबाट आएको एक तिर्थालु राम जनम यादवले बताए ।
मेलामा आउने भक्तजनहरुको लागी त्रिवेणीधाम र त्यस वरपरका करिब २५ वटा मठ मन्दिर र ६० देखि ७० वटा धर्मशालाहरुमा बस्नको लागी ब्यावस्था मिलाईएको समितिका अध्यक्ष्ँ भट्टराइले जनाए । माघे औशीं मेलामा यसबर्ष करिब तीन लाख तिर्थालु त्रिवेणी धाममा आएको समितिको दावी रहेको छ । मेलामा आउने भक्तजनहरुको सुरक्षा तथा मेलाको अन्य ब्यावस्थापनमा गरि जिल्ला स्थित सुरक्षा निकायले नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका सादा पोशाक र वर्दीमा गरि करिब चार सय भन्दा बढी सुरक्षाकर्मि परिचालन गरेको र भवितब्यको लागी सुरक्षा निकायबाट उद्धार टोली तथा नेपाली सेनाको चिकित्सक टोली समेत खटाएको थियो ।
मेलामा सशस्त्र सीमा सुरक्षा कार्यालय बेलासपुरले प्रहरी नायाब उपरिक्षक प्रकाश बहादुर शाहको नेतृत्वमा नब्बे जना सुरक्षाकर्मी परिचालन गरेको सशस्त्र प्रहरी कार्यालयका प्रहरी उपरिक्षक चित्र बहादुर के.सी. ले जनाएका छन । त्यसै गरि मेला ब्यावस्थापनका लागी नेपाल प्रहरीले जिल्लाका बिभिन्न युनिटसगैं रुपन्देही जिल्ला समेतबाट प्रहरी ल्याई परिचालन गरिएको ईलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।
भक्तजनहरुको आवतजावतलाई खुल्ला गरि मेला ब्यावस्थापनमा सहज बनाउन त्रिवेणी बजारमा प्रवेश गर्ने नाकाहरु मध्ये रानीनगर, गण्डक ब्यारेज र आर्मी क्याम्प नाकाबाटै ट्राफिक प्रहरीले शनिबार देखि नै सवारी साधन प्रवेशमा रोक लगाएका थिए ।