|

तिलौराकोटस्थित उत्तरी सुरक्षा किल्लाको उत्खनन शुरु

किरणमान बज्राचार्य,कपिलवस्तु, २८ माघ-प्राचिन कपिलवस्तुको तिलौराकोट दरबार क्षेत्रमा रहेको सुरक्षा किल्लाको उत्खनन शुरु भएको छ । बेलायतको दरहाम बिश्व बिद्यालय, पुरातत्व बिभाग र लुम्बिनी बिकास कोषको संयुक्त टोलीले पाँच बर्षे परियोजना अन्र्तगत तिलौराकोट दरबारको कोटियामाईको उत्तर तर्फको सुरक्षा किल्लाको उत्खनन गरेको हो ।

टोलीले बैज्ञानिक प्रबिधिबाट पुरातात्वि चिजलाई हानी नोक्सानी नहुने किसिले उत्खनन गरिने जनाएको छ । गत बर्ष तिलौराकोटको दक्षिण तर्फ रहेको लोहर्सरिया स्तुपको उत्खनन संपन्न गरेको सो टोलीले दास्रो बर्ष सो क्षेत्रको उत्खनन गर्न र संरक्षण गरेको हो । दुरहाम बिश्व बिद्यायका उप कुलपति प्रोफेसर कनिङ्घम सहीत नौ जनाको टोलीले उत्खनन गरीरहेको छ ।

उत्खनन टोलीका संयोजक कोष प्रसाद आचार्यले उत्खननले कालक्रम निर्धारण गर्ने र सहीढंगले निष्कर्ष दिने बिश्वास ब्यक्त गर्नु भयो । देवला मित्रले बिवादीत बनाएको कुरालाई यस्ले चिर्ने तथा छैठो र सातौ शताब्दीका कुराहरु बाहिर आउने बताउनु भयो । माटो ढिस्को, रुखहरु मात्र हेरेर फर्कने गरेको पर्यटकहरुलाई   तिलौराकोट  प्राचिन शहरहरुको अनुभुति दिनेरुपमा बिकसति गरिने उहाले बताउनु भयो । गत बर्ष लोहसरिया स्तुपको उत्खननमा चौथो सताबदीमा फलामलाई गोर सामान बनाईने गरेको कुरा फेला परेकोले अहिलेको उत्खननमा आफुहरु निकै उत्साहित बनेको उहाले बताउनु भयो ।

टोलीमा संयोजक आचार्य, दुरहा बिश्प बिद्यालयका मार्क मैनल, जेनिफर टेम्बेली, क्रिस्टीफोर डेबिस, बरिष्ठ पुराततवबिद बसन्त बिडारी, पुरातत्व अधिकृत कृष्ण केसी, राम बहादुर कुवर लगायत नौ जना रहेका छन् । तिलौराकोट गौतमबुद्धका पिताको राजधानी र बुद्धको क्रिडा स्थल हो ।

Posted by Butwalonline on 5:03 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "तिलौराकोटस्थित उत्तरी सुरक्षा किल्लाको उत्खनन शुरु"

Leave a reply