|

बिद्यत चोरी गर्नेबाट १६ लाख बढी जरिबाना असुली

किरणमान बज्राचार्य,कपिलबस्तु २८ माघ -बिद्युत प्राधिरण तौलिहवा शाखाले गैरकानुनी बिजुली हुकिङ्ग र कम लोड स्बिकृत गराई बढी लोड उपयोग गरि बिद्युत दुरुपयोग गर्नेबाट १६ लाख बढी जरिबाना असुली गरेको छ । गत असोजमा ३ सदस्यीय बिद्युत चुबाहट नियन्त्रण समिति गठन गरि अभियान चलाईए पछि चोरी नियन्त्रण भएको छ । ६ महिनामा १६ लाख १५ हजार जरिबाना असुली गरिएको बताईएको छ ।

समितिको सक्रियता पछि ४१ प्रतिशतमा रहेको बिद्युत चारी अहिले ६ प्रतिशत बढी घटेर ३४ प्रतिशतमा पुगेको छ । नाङ्गोे तारबाट हुकिङ्ग र मिटरमा अंक नउठाई बिद्युत चोरी गर्ने एक सय ३५ ग्राहकबाट ९ लाख १९ हजार जरिबाना असुली गरिएको नेपाल बिद्युत प्राधिकारण तौलिहबा शाखाका प्रबन्धक राजेन्द्र श्रीबास्तबले बताउनु भयो । कम लोड स्बिकृत गराई बढी लोड उपयोग गर्ने ७३ बटा खाद्य उद्योगलाई कार्यबाही गरि ६ लाख ९९ हजार जरिबाना असुली गरिएको छ । त्यस्तै बिद्युत चोरी गरि गर्ने ४ सय ५० ग्राहकको चोरी कार्यमा उपयोग गर्ने तार, मोटर, पंखा, टिभी पनि बरामद गरि लिलामीको प्रक्रिया शुरु गरिएको छ । तराईका जिल्लामा अत्यधिक बिद्युत चोरी हुने स्थान भएकाले बिद्युत प्राधिकरणले चोरी नियन्त्रण नगरे तौलिहबा क्षेत्रमा दुई घण्टा थप लोकसेडिङ्ग हुने बताए पछि नियन्त्रण अभियान चलाईएको हो । त्यस्तै मिटरमा शुन्य अंक खपत गारउने करिब ५ सय ग्राहक मध्ये दुई सयलाई कार्यबाही गरि नया मिटर जडान गरिएको छ । तौलिहबा शाखा अन्तर्गत करिब ३१ हजार ग्राहक रहेका छन् ।

Posted by Butwalonline on 5:05 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बिद्यत चोरी गर्नेबाट १६ लाख बढी जरिबाना असुली"

Leave a reply