उखु किसानको आन्दोलन जारी
वृजराज कुशवाहा माघ २८ - उखुको निर्धारित मूल्य अुनसार भुक्तानी पाउनुपर्ने लगायतका बिभिन्न ९ बुदे माग राख्दै आन्दोलित नवलपरासीका उखु किसानहरु आफ्नो आन्दोलन जारी रहेको बताएका छन् ।
विहिवारका दिन उखुको ट्क रोखेर सांकेतिक जनाउ गरेका किसानहरुले शुक्रबारबाट उखु कृषक जागरण अभियान जारी रहेको बताएका हुन् । किसानहरुले आन्दोलनको घोषीत कार्यक्रम अनुसार फागुन १ गतेको आन्दोलन निर्णायक हुने उखु उत्पादक कृषक समितीका अध्यक्ष उमेशचन्द्र यादवले बताएका छन् ।
घोषीत कार्यक्रम अनुसार फाल्गुन १ गतेका दिन जिल्ला प्रशासन कार्यालयको गेटमा धर्ना बस्ने तथा अनिश्चितकालीन तालाबन्दी गरि कार्यालयमा काम काज बन्द गरिने नेपाल किसान संघ नवलपरासीका अध्यक्ष श्रवण कुमार कुशवाहाले जानकारी दिनुभयो । उहांले नवलपरासीमा कुल २५ देखी ३० लाख कुईन्टल उखु प्रतिबर्ष उत्पादन हुने गरेको र जिल्लामा प्रती बर्ष करिब एक अर्ब ५० करोड बराबरको कारोबार हुने उखुको मुल्य नै नतोकिएकाले आन्दोलित हुनुपर्ने बाध्य भएको बताए ।