|

पत्रकारिता तालिम सम्पन्न

वृजराज कुशवाहा माघ २८ - मधेश मिडिया हाउसले नवलपरासीको सेमरीमा दुई दिने आधारभुत पत्रकारिता तालिम सम्पन्न गरेको छ । मधेशका मुद्दा संचारमाध्यममा उठान नभएकाले मधेशमा नै पत्रकार सिर्जना गर्ने उद्धेश्यका नवलपरासीमा २ दिने आधारभूत पत्रकारिता तालिम संचालन गरिएको हो । मधेश मिडिया हाउसले मधेशको विभिन्न जिल्लामा चलाएको अभियान अन्तर्गत नवलपरासीमा पनि तालिम संचालन गरिएको मधेश मिडिया हाउसका सदस्य शिवनारायण अनुपले जनाएका छन् ।

तालिममा मोफसलमा पत्रकारिताको सम्भावना, चुनौती, अवसर, पत्रकारले पालना गर्नुपर्ने आचारसंहिता, समाचार लेखन शैली, समाचार संकलन गर्ने शैली लगाएतको बारेमा प्रशिक्षण दिइएको थियो ।
तालिममा मधेश मिडिया हाउसका सदस्य शिवनारायण अनुप र गोविन्द शाहले प्रशिक्षण दिनुभएको हो । तालिमा ४५ जाना प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।

Posted by Butwalonline on 5:11 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " पत्रकारिता तालिम सम्पन्न"

Leave a reply