प्रथम स्वास्थ्य सेवा दिवस मनाइँदै
फागुन १५, पाल्पा
‘गुणस्तरीय स्वास्थ्य सेवामा सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ प्रथम स्वास्थ्य सेवा दिवस पाल्पामा पनि भव्य रुपमा मनाइँदै छ ।
दिवसका अवसरमा मंगलबार ¥याली समेत निकालिएको छ । ¥याली पछिको कोणसभामा बोल्दै प्रमुख अतिथि जिल्ला न्यायाधिश हरिश्चन्द्र ढुङ्गानाले गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितता कायम गर्न गैरसरकारी नीजि क्षेत्रसँग साझेदारी विकास गर्दै यसलाई दिगो रुपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो । सोही अवसरमा कार्यपत्र प्रस्तुत गर्दै जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख झलक शर्मा पौडेलले सरकारी गैर सरकारी एवं निजी क्षेत्रबाट प्रदान गरिने स्वास्थ्य सेवाहरु निर्धारित राष्ट्रिय मापदण्ड अनुरुप गुणस्तरीय बनाउन लागि पर्ने बताउँदै स्वास्थ्य व्यवसायी अर्धव्यवसायीहरुलाई प्रदान गरिने शिक्षाको गुणस्तरका बारेमा निष्पक्ष निर्णय गर्ने एउटा छुट्टै स्वायत्त निकायको स्थापना गरी शिक्षण संस्थाको नियगमन गर्नुपर्ने बताउनुभयो ।
गुणस्तरीय स्वास्थ्य सेवाले सीमित स्रोतको अधिकतम परिचालन गरि स्वास्थ्य सेवा सेवाग्राही जनताहरुलाई सन्तुष्टि दिलाउनेगरी प्रदान गर्दै गुणस्तरीय स्वास्थ्य सेवाको अनुभूती प्रदान गर्नु यसको प्रमुख लक्ष्य भएको र यसका लागि स्वास्थ्य सेवा प्रणालीले सेवाग्राहीहरुको संलग्नता गराई उनिहरुको आवश्यकता अनुसार सेवा प्रदान गर्नु पर्दछ भन्ने भावनालाई समेटेको उहाँको भनाई थियो । कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका सदस्य शिवकुमार राई, स्थानिय विकास अधिकारी दीर्घबहादुर पोखरेल, बुद्धिप्रसाद शर्मा, राजेश्वर उदय लगायतले अनुगमन र मूल्याङ्कन प्रणालीलाई केन्द्रदेखी समुदाय स्तरसम्म कार्यान्वयन गर्न प्रयास गर्नु हामी सबैको जिम्मेवारी र दायित्व भएको बताउनु भएकोे थियो ।
दिवसका अवसरमा बुधबार मधुमेह रोग परीक्षण र रक्तदान कार्यक्रमको समेत आयोजना गरिने जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । कार्यक्रम डा. नलिननाथ तिवारीको स्वागत, सुन्दर श्रेष्ठको सञ्चालन र झलक शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।
