उपाध्यक्ष राणा सँग बिशेष भेटघाट
हेमराज भट्ट÷नेपालगन्ज
आर्थिक बिकासको दृष्टिकोणले नेपालगन्जको भबिष्य निकै राम्रो देखेको नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष धवानी राणाले बताएकी छन् । सोमबार नेपालगन्जका सञ्चारकर्मीहरु सँगको बिशेष भेटघाट कार्यक्रममा बोल्दै नेपालगन्जको बिकासका लागि गरिएका प्रयासहरुमा नेपालगन्ज उद्योग बाणिज्य संघको आवश्यक दवाव नपुगेको उनको भनाई थियो । लगानी बोर्डकी सदस्य समेत रहेकी राणाले मध्य तथा सुदुरपश्चिमाञ्चलमा लगानी बढाउन आफु लागिपरेको बताईन । नेपालगन्ज उद्योग बाणिज्य संघको भर्खरै सम्पन्न निर्वाचनबाट आएको नयाँ कार्यसमितिले यस क्षेत्रको बिकासमा चासो देखाउने बिश्वास उनको
थियो ।
थियो ।
अन्तराल र क्रियटिभ ह्याण्डसको आयोजनामा सो भेटघाट कार्यक्रम सम्पन्न भएको थियो । यस क्षेत्रको आर्थिक बिकासका सम्भावना बारे राणाले गरेका पहलका बारेमा संचार माध्यमलाई जानकारि गराउन कार्यक्रमको आयोजना गरेको आयोजक संस्था अन्तरालका कार्यकारी प्रमुख जयनारायण शाह र क्रियटिभ ह्याण्डसका अध्यक्ष टंकसिह ठकुरीले बताए ।
